Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले लिङ्क काटिदिएका कारण नेपालको इन्टरनेट सेवा बन्द हुन पुगेको पाइएको छ । बिहीबार अपराह्न चार बजेदेखि एक्कासी नेपालका प्रमुख सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो ।  बुधबार मात्रै एयरटेलले विभिन्न सेवा प्रदायकहरूलाई पत्राचार गर्दै लामो समयदेखि भुक्तानी प्राप्त नभएका कारण कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको थियो ।  सोही विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको साझा संस्था आइस्पानले केही दिन अघि पत्रकार सम्मेलन गर्दै इन्टरनेट बन्द हुनसक्ने परिस्थिति सिर्जना भएको जानकारी समेत गराएको थियो । 

Read More

काठमाडौं : वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो । ११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले…

Read More

धनगढी : कैलालीमा बढ्दै गएको लागूऔषधको कारोबार रोक्न नेपाल/भारत सीमा सुरक्षाकर्मीको संयुक्त अपरेसन संचालन गरिएको छ। गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा लागूऔषधको कारोबारमा संलग्नहरू विरुद्ध संयुक्त अपरेसन गर्ने सहमति भएको थियो। बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही समझदारी अनुसार नेपालका सुरक्षा अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा भारतीय प्रहरीले कैलालीको धनगढी नजिक भारतीय बजार पलिया र बनगाउँबाट गत साता चार जना भारतीय कारोबारीहरूलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरेको छ। कैलालीकै सीमा नाका भजनी, कुसुमघाट र टीकापुर क्षेत्रमा लागु पदार्थ कारोबार गर्ने भारतीय कारोबारीहरूको…

Read More

काठमाडौं : सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् । हेर्नुस् सूची

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताए । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने,…

Read More

काठमाडौं। आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका एआइजीहरूको बढुवा, पदस्थापन र सरुवा गर्ने भएको छ। दुई साता अघि नै डीआइजीको एआइजीमा बढुवाको सिफारिस भएपनि हालसम्म निर्णय भइसकेको छैन। बढुवासँगै पदस्थापन र सरुवाको गृहकार्यमा पुगेकाले निर्णय हुन नसकेको हो ।डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकालको बढुवा सिफारिस भएको थियो। उनीहरूको पदस्थापनसँगै केही एआईजीको सरुवा पनि हुन लागेको छ। हाल प्रहरी एकेडेमी र प्रशासन विभाग रिक्त छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ। प्रदेश समन्वय विभागका एआइजी सुदिप गिरी को अन्य विभागमा सरुवा हुने सम्भावना छ। मानव स्रोत विकास विभाग र सिआइबीमा भने हेरफेर नहुने बताइएको छ।…

Read More

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्तिबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उनीहरूबीच आपसी सहयोग, सूचनाको आदानप्रदान तथा समन्वयलगायत विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मूर्ति समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा आईजीपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत…

Read More

धनगढी: सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो। (मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो। सोही सिफारिसमध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन्। पन्त नेपाली काँग्रेस निकट प्राध्यापक हुन्। डोटी घर भएका उनी पुलचोक इन्जिनियरिङ कलेजका प्राध्यापक थिए।

Read More

काठमाडौं : धुवाँ र तुवालोका कारण ४ दिनदेखि उडान बन्द रहेको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। धुवाँ र तुवालो कम भएसँगै बिहिबार बिहानदेखि जहाजले उडान थालेको बुद्व एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। यसअघि धुवाँ र तुवालोका कारण २ दिन आंशिक र २ दिन पुर्णरुपमा उडान बन्द भएका थिए। मौसममा सुधार आएसँगै बिहानैदेखि उडान सुरु गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

Read More

धादिङ: धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनीकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।

Read More