Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटीमा बाैलाहा कुकुरले एकै दिन १० जनालाई टोकेको छ। आइतबार दिपायल सिलगढी नगरपालिका ४, ५ र ६ का १० जनालाई बौलाहा कुकुरले टोकेको प्रहरीले जनाएको छ। कुकुरलाई स्थानीय, प्रहरी र भेटेरिनरी अस्पतालको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले वताए । बौलाहा कुकुरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जिम्मा लगाइएको छ। बौलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको भ्याक्सिन लगाई सामान्य अवस्थामा घर फर्किएका प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो ।  स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार ०७६ फागुनदेखि अहिलेसम्म आठ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ । ०७८ को जनगणनाअनुसार डडेल्धुराको जनसंख्या एक लाख ३९ हजार ६०२ छ । कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ ।…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Read More

काठमाडौंः राष्ट्रिय जनता दलका अध्यक्ष नीतीश कुमारले भारत बिहार राज्यको मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन्। नीतीशले आजै राजीनामा दिएर पुरानो सरकार भंग गरेका थिए। शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान समेत कयौं नेता उपस्थित रहेको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसँग मिलेर सरकार बनाएका नीतीशले गठबन्धन फेरेका हुन्। उनलाई अब भारतीय जनता पार्टीको समर्थन छ। उनले भाजपाका तीनसहित ८ जनालाई मन्त्री बनाएका छन्। उनको दलबाट चार तथा हिन्दुस्तानी अवाम मोर्चा र निर्दलीय एकजना मन्त्री बनेका छन्। नीतीशको दल बिहार विधानसभामा तेस्रो ठूलो दल हो। तर,…

Read More

धनगढीः भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष नीतिशले भारतीय जनता दल बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा फर्किने तयारीका लागि राजीनामा दिएको बताइएको छ। भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार बीजेपी र जेडीयू दुवैले आगामी लोकसभा निर्वाचनमा बिहारको सीट बाँडफाँडको सहमति गरिसकेका छन्। नीतिशले आजसमेत गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको आठौं पटक भएको छ। उनले यसअघिको विपक्षी महागठबन्धन ‘इण्डिया’ सँगको सम्बन्ध तोड्दै आगामी निर्वाचनमा पुनः मुख्यमन्त्री बन्ने सम्भावनालाई बलियो बनाएको ठानिएको छ।

Read More

धनगढीः त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको ठाउँमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई डिउटीमा खटाइएको छैन। उनले प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताएका छन्। निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए। विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरू दुई दिन यता कालो पटी बाँधेर काम गरिरहेका छन्। शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत…

Read More

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। आज (आइतबार) एक कार्यक्रमकाबीच काँग्रेस डडेल्धुराले जिल्ला कार्य समिति डडेल्धुराको वेबसाइट सञ्चालनमा ल्याएको हो। वेबसाइटमा काँग्रेस डडेल्धुराको हरेक गतिविधि हेर्न सकिने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए।

Read More

धनगढी : एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ निर्माण गर्न लागिएको छ । निर्माण पक्षले चलचित्र बनाउन लागेको जानकारी गराएको छ । चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने चलचित्र ‘नमेटिने घाउ’मा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने छ । त्यस्तै, सुरवीर पण्डित, सिम्रन खड्कालगायतले पनि अभिनय गर्नेछन् ।

Read More

धनगढी : गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३ ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो । आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । रचनाले आफ्नो फेसबुक पेजमा गाडिमा केहि क्षति पुगेको र यात्रुहरु सबै सकुशल रहेको जानकारी दिएकी छिन् । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।

Read More

धनगढीः नेपाल विद्यार्थी संघ, धनगढी नगर कार्यसमितिको आयोजनामा एक दिने सिकलसेल एनिमिया रोग सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ। कैलाली र कञ्चनपुरमा थारू समुदायमा देखा पर्ने यो रोगको शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। थारू समुदायलाई लक्षित गरी धनगढी १२ जुगेडाको मुक्तिनाथ विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो। नेविसंघ धनगढीका अध्यक्ष दिपेश बोहराको अध्यक्षता भएको कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुमन केसी, कैलालीका अध्यक्ष मनिष कुँवर र हितेश चन्दको सहभागिता रहेको थियो। कार्यक्रममा डाक्टर प्रदिप मिश्र र डाक्टर गणेश फुलाराले सिकलसेल एनिमियाको लक्ष्यण, उपचार विधि, नयाँ पुस्तामा रोग सर्न नपाओस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा चर्चा गरेका थिए। सिकलसेल भएमा रातो…

Read More