काठमाडौंः राष्ट्रिय जनता दलका अध्यक्ष नीतीश कुमारले भारत बिहार राज्यको मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन्। नीतीशले आजै राजीनामा दिएर पुरानो सरकार भंग गरेका थिए।
शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान समेत कयौं नेता उपस्थित रहेको भारतीय संचार माध्यमले जनाएका छन्।
यसअघि तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसँग मिलेर सरकार बनाएका नीतीशले गठबन्धन फेरेका हुन्। उनलाई अब भारतीय जनता पार्टीको समर्थन छ।
उनले भाजपाका तीनसहित ८ जनालाई मन्त्री बनाएका छन्। उनको दलबाट चार तथा हिन्दुस्तानी अवाम मोर्चा र निर्दलीय एकजना मन्त्री बनेका छन्।
नीतीशको दल बिहार विधानसभामा तेस्रो ठूलो दल हो। तर, दुई ठूला दलसँग पालैपालो मिलेर नीतीश कुमार लामो समयदेखि मुख्यमन्त्री बनिरहेका छन्।
Facebook Comments Box