धनगढीः भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन्। जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष नीतिशले भारतीय जनता दल बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा फर्किने तयारीका लागि राजीनामा दिएको बताइएको छ।
भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार बीजेपी र जेडीयू दुवैले आगामी लोकसभा निर्वाचनमा बिहारको सीट बाँडफाँडको सहमति गरिसकेका छन्। नीतिशले आजसमेत गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको आठौं पटक भएको छ।
उनले यसअघिको विपक्षी महागठबन्धन ‘इण्डिया’ सँगको सम्बन्ध तोड्दै आगामी निर्वाचनमा पुनः मुख्यमन्त्री बन्ने सम्भावनालाई बलियो बनाएको ठानिएको छ।
Facebook Comments Box