Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको कालाकुण्डामा तस्करी मौलाएको र तस्करबाटै असुली भइरहेको आरोप लागेको छ। भजनी क्षेत्रका एक स्थानीय एवम् बुढा थरका पत्रकारले सो आरोप लगाएका हुन्। उनले कालाकुण्डामा सुदूरपश्चिमका नयाँ डीआइजीका लागि भन्दै तस्करबाट असुली भइरहेको र तस्करी बढेको आरोप लगाएका छन्। हालै नेतृत्व फेरिएको कालाकुण्डा प्रहरीले तस्करी नियन्त्रणमा काम नगरेको उनको आरोप छ। तर, कालाकुण्डा प्रहरी स्रोतले भने ती आरोप लगाउने मान्छेले रिसिइबी फेरेको जनाएको छ। निजका भाई प्रहरी जवान रहेको र उनको सरुवा नगराइएपछि प्रहरीमाथि तथानाम आरोप लगाइरहेको स्रोतको दाबी छ।

Read More

कैलाली : राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।  धनगढी उपमहानगरपालिकाका १९ हजार…

Read More

काठमाडौं : नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो। सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ। यसैगरी, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : दक्षिण  कोरियामा  उत्पादनमूलक  क्षेत्रको  रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले  मानव  संसाधन  विभाग  (एचआरडी)  कोरियाले  यसअघि  तोेकेको  समय  माघ  २१  गते  (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ ।  सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए। एचआरडी कोरियाले इपिएस  शाखालाई  माघ  २१  गते  (फेब्रुअरी  ४)  मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अवस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं : लोकप्रिय गायक राजु लामा टिकटकबाट उदाएकी मोडेल मिस पविसँग देखिएका छन्। हिजो सार्वजनिक भएको नयाँ देउडा गीत ‘साली’मा दुवैजनाको अभिनय देखिएको हो। गीतमा गायक आशिष महरले पनि अभिनय गरेका छन्। मंगोलियन हर्ट नामबाट चर्चित राजु लामाकै यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ। सोनम पाख्रीनको निर्देशनमा बनेको ‘साली’ मा गायक लामा र आशिष महरको स्वर रहेको छ। उक्त गीत महरकै शब्दमा लेखिएको हो। https://youtu.be/-mx73lyg9Vc?si=J6wDM7HVaDQ6Q_jR

Read More

बैतडी : बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनमा आएको छ। एक सय किलोवाट क्षमता उत्पादनसहित आयोजना सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए।  परीक्षणका लागि करिब एक घण्टा पाटन विद्युत सप्लाई गरेको उनले बताए। सफल परिक्षणसँगै अबदेखि दैनिकजसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए।  २०७९ जेठ १४ गतेदेखि पूर्णरुपमा बन्द रहेको विद्युत गृह मंगलबारदेखि सञ्चालनमा आएको हो। उक्त जलविद्युत आयोजनाको क्षमता २ सय किलोवाट भएपनि हाल एक सय किलोवाट उत्पादन भएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक…

Read More

काठमाडौं : डिसेम्बरको सुरुमा मङ्गेशकुमार (परिवर्तित नाम) फेसबुक चलाइरहेका थिए । त्यसै क्रममा उनको ध्यान अल इन्डिया प्रेग्नेन्ट जब सर्भिसको भिडिओमा गयो । त्यसपछि उनले यस विषयमा थप जानकारी लिने सोच बनाए । साँच्चिकै अनौठो लाग्ने यो जागिरमा महिलालाई गर्भवती बनाउँदा पैसा पाइने भनिएको थियो । स्वभाविक रूपमा यो निकै आकर्षक अफर थियो । ३३ वर्षका ती व्यक्ति, जो विवाह समारोहमा सजावटको काम गर्थे र प्रति महिना १५ हजार भारु कमाउँथे, उनले अहिलेसम्म १६ हजार रुपैयाँ गुमाइसकेका छन् र अनलाइन ठगहरूले उनलाई थप रकम मागिरहेका छन् । बिहारका मङ्गेश केवल एक्ला व्यक्ति होइनन्, जो यो ठगीको सिकार भएका छन् ।…

Read More