बैतडी : बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनमा आएको छ। एक सय किलोवाट क्षमता उत्पादनसहित आयोजना सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण बैतडी केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। परीक्षणका लागि करिब एक घण्टा पाटन विद्युत सप्लाई गरेको उनले बताए। सफल परिक्षणसँगै अबदेखि दैनिकजसो पावर हाउस सञ्चालनमा आउने पौडेलले बताए।
२०७९ जेठ १४ गतेदेखि पूर्णरुपमा बन्द रहेको विद्युत गृह मंगलबारदेखि सञ्चालनमा आएको हो। उक्त जलविद्युत आयोजनाको क्षमता २ सय किलोवाट भएपनि हाल एक सय किलोवाट उत्पादन भएको छ।
Facebook Comments Box