धनगढी: कैलालीको कालाकुण्डामा तस्करी मौलाएको र तस्करबाटै असुली भइरहेको आरोप लागेको छ। भजनी क्षेत्रका एक स्थानीय एवम् बुढा थरका पत्रकारले सो आरोप लगाएका हुन्।
उनले कालाकुण्डामा सुदूरपश्चिमका नयाँ डीआइजीका लागि भन्दै तस्करबाट असुली भइरहेको र तस्करी बढेको आरोप लगाएका छन्। हालै नेतृत्व फेरिएको कालाकुण्डा प्रहरीले तस्करी नियन्त्रणमा काम नगरेको उनको आरोप छ।
तर, कालाकुण्डा प्रहरी स्रोतले भने ती आरोप लगाउने मान्छेले रिसिइबी फेरेको जनाएको छ। निजका भाई प्रहरी जवान रहेको र उनको सरुवा नगराइएपछि प्रहरीमाथि तथानाम आरोप लगाइरहेको स्रोतको दाबी छ।
Facebook Comments Box