धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा राष्ट्रिय युवा संघ कप–२०८१ भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा विजयी हुने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा पहिलो स्थान: रु. २ लाख २५ हजार, दोस्रो स्थान: रु. १ लाख २५ हजार, तेस्रो स्थान: रु. ७५ हजार पुरस्कार राखिएको छ। युवा संघले…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेली टोलस्थित भित्री सडक खण्डमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको म १ त १०२० नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा स्कुटर पछाडि सवार भीमदत्त नगरपालिका–११ का ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्कुटर चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले १६ प्रहरीलाई चेतावनी दिएको छ। प्रकाशित सूचनाअनुुसार लामोसमयदेखि विना जानकारी कार्यालयले खटाएको काममा हाजिर नभएको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ। सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने पनि हेडक्वार्टरले जनाएको छ।
अछाम: अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, अनुसन्धानपछि प्रहरीले अदालतमा प्रतिवेदन पेश गरेपछि अदालतले डोटीस्थित सुधार गृह पठाउने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामका निरीक्षक टेकबहादुर देउवाका अनुसार, हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा पठाइएको हो। “प्रहरी कार्यालयले सबै अनुसन्धान सकेर अदालतमा बुझाइसकेको छ। अहिले साक्षीहरूलाई बोलाउने र बकपत्र लिने प्रक्रिया अघि बढिरहेको छ,” उनले भने। नेपाल कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका अपराधीलाई कारागार पठाउन नमिल्ने व्यवस्था छ।…
काठमाडौं: कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ। २ चैतमा सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले खड्काको शनिबार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौँमै उपचार भइरहेको छ। मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशी उपचाररत छन्। जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन्। सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना…
धनगढी: बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्व पक्राउ परेका छन्। थलरा गाउँपालिका–४ बस्ने १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय वृद्व गम्भिरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। किशोरीले आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको आरोपमा शुक्रवार प्रहरीमा जाहेरी दिएकी थिइन्। शुक्रवार नै सार्कीलाई अस्थाई प्रहरी पोष्ट बगडाबाट प्रहरी बरिष्ठ हवल्दार डम्बरबहादुर ढाँटको कामाण्डमा प्रहरी टोलि खटिई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो। त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो भएको छ भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण, ७ सजत र ८ कास्यसहित तृतीय भएको छ। २०८१ चैत ८ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको समापन गर्नुकासाथै बिजयी टिम, खेलालीहरुलाई ट्रफी, मेडल प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार…
काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले अहिले चर्चामा छन्। केही समय अगाडि पार्टीकै नेतृत्व माधव कुमार नेपालको खेदो खन्दै पार्टी त्यागेको घोषणा गरेर चर्चा कमाएका उनी फेरि एकपटक चर्चामा आएका छन्। उनले आफू मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको बताएपछि चर्चामा आएका हुन्। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा शुक्रबार आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताको दबाबमा नागरिक उड्डयन प्राधिकरण र…
काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यमा क्रुर र पाशविक तवरले घाँटी रेटेर पत्नी ममता काफ्लेको हत्या गर्ने नरेश भट्टविरुद्धको मुद्दामा अस्ति तोकिएको पेशी स्थगित भएको छ। मनासस प्रिन्स विलियम्स काउन्टी अदालतको मार्च २० तारिखको पेशीमा प्रहरी हिरासतभित्र रहेका भट्टलाई उभ्याउने तयारी थियो। तर पेसी स्थगित भएको हो। स्रोतका अनुसार हालसम्म भट्टले अपराध स्वीकार्ने कुनै सम्भावना नदेखाएको बताइन्छ। ममताको शव नभेटिएको र भेटिने सम्भावना नरहेकोले पेसी स्थगित भएको पनि अनुमान गरिएको छ। यस अगाडि शव खोज्न प्रहरीले जारी गरेको ४४ वटा सर्च वारेन्ट विभिन्न राज्यमा समेत पठाइएको थियो। यसबीच हत्या भएको स्थान मनासस नगरका प्रमुखले पत्रकार सम्मेलन गरेका छन्। उनले ममताको शव नभेटिएको…
धनगढीः कैलालीको अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरेको हो। सोहि घटनामा फागुन २६ गते गोदावरी–५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए। विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै…