Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए। उनले भने, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा…

Read More

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्न आग्रह गरेको छ। वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको हो । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ।

Read More

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा जिल्लाका कार्यालयमा छड्के अनुगमन गरिएको हो । प्रशासनले १५ कार्यालमा छड्के अनुगमन गरेकोमा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमा १५ जना अधिकृतस्तरका कर्मचारी रहेका छन् । अनुपस्थित कर्मचारी अनुपस्थित हुनुको कारण खुलाएर जानकारी दिन र स्पष्टीकरण पेस गर्न प्रशासनले निर्देशनसमेत दिएको छ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका थोरै  स्थानहरूमा हुस्सु  लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा…

Read More

धनगढी : राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९/०८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका नेपाल प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।नेपाल प्रहरीतर्फ ३२ जनाले मानवअधिकार उल्लङ्घन गरेको भन्दै आयोगले उनीहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी रहेका छन् । प्रनावउपरीक्षक तर्फ कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, प्रनाउ टेकुनन्द इवा लिम्ब, हनुमान शाह रहेका छन् भने प्रहरी निरीक्षकतर्फ गोविन्दप्रसाद साह महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरी रहेका छन् । प्रहरी सहायक निरीक्षकतर्फ नवराज दाहाल,…

Read More

धनगढी : राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९/०८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका नेपाल प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।नेपाल प्रहरीतर्फ ३२ जनाले मानवअधिकार उल्लङ्घन गरेको भन्दै आयोगले उनीहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी रहेका छन् । प्रनावउपरीक्षक तर्फ कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, प्रनाउ टेकुनन्द इवा लिम्ब, हनुमान शाह रहेका छन् भने प्रहरी निरीक्षकतर्फ गोविन्दप्रसाद साह महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरी रहेका छन् । प्रहरी सहायक निरीक्षकतर्फ नवराज दाहाल,…

Read More

धनगढी : भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा बनाइएको नेपाली चलचित्र काँडेतारको च्यारिटी सो हुने भएको छ । माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी सो हुने लागेको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी काँडेतार टिमले तयारीबारे जानकारी दिएको हो ।  यस्तै काँडेतार चलचित्र सोबाट सङ्कलन गरिएको रकम सहिद गोविन्द गौतम परिवारलाई दिने भएको छ ।  भारतीय अतिक्रमण र ज्यादतीको विरुद्ध आन्दोलन गरिरहेका बेला २०७३ फागुन २३ गते भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गौतकको ज्यान गएको थियो । भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा काँडेतार चलचित्र बनाएको भन्दै धनगढीको विशेष सोबाट सङ्कलन गरिएको रकम उनको परिवारलाई दिने निर्माता\निर्देशक नबल खड्काले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सचिवालयले माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको छ ।  प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका छन् ।  उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् ।  शुक्रवार भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एक जना सभामुख छन् । मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह…

Read More

काठमाडौं : तीव्र गतिका बलर जितेन्द्र मुखियाको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै फाइनल नजिक पुगेको छ। छैटौं जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि २६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १६५ रनमा अल आउट भयो। सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए। अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर खडक बोहरा डक, कप्तान राजु रिजाल ६, नरेन भट्ट १८, प्रकाश पाण्डे ११, गजेन्द्र बोहरा १२, नारायण जोशी १३ र शेर मल्ल…

Read More

काठमाडौं : आफूलाई राजावादी अभियन्ता बताउने दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। राजतन्त्र फर्काउने भन्दै अभियान चलाइरहेका प्रसाईंले शाहसँग भेट गरेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका छन्। तस्वीरसँगै प्रसाईंले भनेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला।’ यसअघि प्रसाईं र अभिनेत्री मनिषा कोइरालाबीच पनि भेट भएको थियो।

Read More