Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ।   राति १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए।

Read More

काठमाडौँ : आठ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको सरुवा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार(आज) प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा गरेको हो । मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूची:

Read More

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् । उनको बुधबार दिउँसो मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले बताए । उनका अनुसार मृतक गिरी दमका बिरामी थिए । एक्कासी दम बढेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीय शिवशंकर उपाध्यायले बताए ।

Read More

काठमाडौँ : कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौँबाट प्रस्थान गर्नेछन् ।

Read More

काठमाडौँ : सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको हो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ। यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेका सञ्चारमाध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरबाट प्रहरी वरिष्ठ उपरीक्षकहरू बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेब राई दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् । प्रहरी महानिरीक्षक…

Read More

धनगढी: धनगढीमा प्रहरीले ९ जना ह्याकरलाई नियन्त्रणमा लिएको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ह्याकरको समूहलाई नियन्त्रणमा लिएको हो। उनीहरूले धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक एक घरमा फ्ल्याट भाडामा लिएर कार्यालय नै खोलेर अनलाइन ठगी गर्ने, बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुल्न बाकी छ। यस्तै उनीहरूको साथबाट १० वटा ल्यापटप पनि बरामद गरिएको बुझिएको छ। यस्तै घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।

Read More

धनगढीः नेकपा एमालले बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गर्ने भएको छ। एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको हो। बुधवारको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको एमालले बताएको छ। यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा गर्ने कार्यक्रम तय भएको छ। ओलीले राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर उद्घाटन गर्ने एमालेका एक नेताले बताए। समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित हुनेछ।

Read More

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको बताए। केसीका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड लागत अनुमान गरिएको छ। सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्न लागेको हो। ‘सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ’ इन्ञ्जिनीयर केसीले भने, ‘सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण गरि सक्ने डिपिआरमा उल्लेख गरिएको छ। बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८०…

Read More

धनगढीः कैलालीको चिसापानीबाट एक गाडी माछा बरामद गरिएको छ। नवलपरासी सुस्ताबाट बिल बनाइएको माछा भारतीय रहेको भन्दै प्रहरीले बरामद गरेको हो। गाडीमा रहेको दुई हजार ८० किलोग्राम माछा धनगढी ल्याउदै गर्दा प्रहरीले बरामद गरेको हो। गाडीसहित माछा परीक्षण र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ। भेटेरिनरी अस्पतालबाट परीक्षणका लागि समय लाग्ने देखिएपछि कैलाली प्रहरीले भन्सार पठाएको जनाएको छ।

Read More