धनगढी: कैलालीमा पक्राउ परेका प्रहरी प्रहरी धरौटीमा छुटेका छन्। एक महिलामाथि आर्थिक लेनदेनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा समातिएका प्रहरी जवान धरौटी तिरेर छुटेका हुन्।
जिल्ला प्रशासन स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा पक्राउ परेर थुनामा बसेका बैतडी घर भएका प्रहरी जवान दमनबहादुर बिष्ट आज छुटेका हुन्।
उनलाई बिहीबार (आज) १० हजार धरौटी तिराएर छोडिएको बताइएको छ।
उनलाई केही दिन अगाडि सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो। बिष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरेको थियो।
उनै बिष्टलाई आज जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको हो। उनी डोटीमा कार्यरत प्रहरी सिपाही थिए।
र, यो पनि :
कैलालीमा प्रहरी नै प्रहरीको खोरमा, धनगढीकी महिलासँग ‘चलेका’ थिए
Facebook Comments Box