Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो । “विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भने, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनले बताए । “काम गर्न भ्याइ नभ्याइ छ,” उनले भने, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।” मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्टले बताए । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई…

Read More

काठमाडौँ : आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो । ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो । मुम्बइस्थित वानखेड स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी सतक बनाएका थिए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरेका थिए । यसक्रममा उनले एक…

Read More

काठमाडौं : देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ…

Read More

धनगढी: भारतीय जम्मु कश्मिरमा भएको बस दुर्घटनामा ३८ जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते छन् । डोडा जिल्ला नजिकै भएको दुर्घटनामा बस सडकबाट झण्डै दुई सय मीटर तल खसेको छ । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्राप्त समाचारमा उल्लेख छ । मृतकका परिवारलाई दुई लाख रूपैयाँ र घाइतेलाई ५० हजार रूपैयाँ सहायता गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट उक्त सहायता उपलब्ध गराइने बताएका हुन् ।

Read More

रुद्रप्रयाग/देहरादुन: जय बाबा केदारको नारा र जयजयकारका बीच एघारौं ज्योतिर्लिङ्ग केदारथ धामका द्वार आज बिहान पूर्ण विधिपूर्वक बन्द गरिएको छ। अब नोभेम्बर १७ मा बाबा केदारलाई ओमकारेश्वर मन्दिरमा ६ महिनाको हिउँदे पूजाका लागि विराजमान गरिने बताइएको छ। आज भाइटीकाको पर्वमा जाडो मौसमका लागि केदारनाथ धामका ढोकाहरू बिहान ८ः३० बजे बन्द गरिएको हो। यस क्रममा मन्दिर बाबा केदारको जयजयकारले गुञ्जिएको थियो। मंगलबार केदारनाथमा बाबा केदारको पञ्चमुखी मूर्तिको विधि, अनुष्ठान र पूजा अर्चनासँगै भण्डार पनि कोठाबाट मन्दिरको सभा हलमा सारिएको थियो। मन्दिरको गर्भगृहमा विहान चार बजेदेखि पूजा सुरु भएको थियो। डोलीधामबाट हिउँदे आसन ओंकारेश्वर मन्दिर उखीमठको लागि प्रस्थान गरी बाबाको चलउत्सव विग्रह…

Read More

धनगढी: दसैँ तिहारका बेला सुदूरपश्चिममा जुवा खेल्नेको संख्या ह्वात्तै बढेको पाइएको छ। प्रदेशका विभिन्न ठाउँ ठाउँमा जुवा खेल्ने विकृति बढेको पाइएको हो। चाडबाडमा रमाइलोका लागि भनेर खेलिने जुवाले विकृति र अपराधसम्म भएका छन्।जुवातास खेलेको आरोपमा विभिन्न ठाउँबाट धमाधम जुवाडे पक्राउ परिरहेका छन्। सुदूरपश्चिमका तीन जिल्लाबाट मात्रै चाडबाडमा ६२ जना जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कञ्चनपुरबाट ४२ जना, डडेल्धुराबाट १३ जना र दार्चुलाबाट ७ जना जुवाको खालबाट समातिएका छन्।

Read More

धनगढीः कैलालीमा सुई लगाइएका एक बालकको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी–५ गेटाका ५ वर्षीय बालक सम्राट ऐरको मृत्यु भएको हो। बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिक सञ्चालक दाजु र भाईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाका दिनेश धामी र नविन धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दले बताए। उनका अनुसार सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए। ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएपछि ऐर अचेत भएका थिए। अचेत भएका ऐरलाई धामीले स्कुटरमा…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ। गए राति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो। वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन्। बिहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडाअध्यक्ष ओझाले बताए। उनले भने, ‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदा समेत कुनै टोली आएन। अहिले प्रहरी आएको छ। मुचुल्का तयार गरेको छ।’

Read More

काठमाडौं: विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​ वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो। अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १०…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली…

Read More