कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो।
भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए।
Facebook Comments Box