Author: महेन्द्रनगर पोष्ट

दाङ : दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ। घोराही उपमहानगरपालिका-७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए। घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक सशस्त्र प्रहरीका मान्छे हुन् भन्ने अपुष्ट…

Read More

काठमाडौँ: बझाङको सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ। गत असोज १६ गते चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको हो। पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बझाङमा पनि मापन केन्द्र निर्माण गरेको बताइएको छ। बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ। हाल नेपालको झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका…

Read More

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ जगदम्बा फ्याक्ट्रीमा सरसफाइको काम गर्ने सोही उपमहानगरपालिका-२ प्रभास टोल बस्ने २३ वर्षीय उज्ज्वल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको छ। फ्याक्ट्रीमा सामान लिन आएको प्र ०२-०३-००१ ख ५९६ नम्बरको लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता बाँकेको कोहलपुर नगरपालिका-११ कृषि चोकमा सुपप्र ०१००१ ख २४३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको…

Read More

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ। छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो। कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए। छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो। नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९–८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए।

Read More

मुगु: मुगु मगुको छायानाथ रारा नगरपालिका६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनाको दुई सातापछि प्रहरीले मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई पक्राउ गरेको हो। धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ। दुवैले अभियोग स्वीकार गरेका छन्। गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए। कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए।  छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा…

Read More

काठमाडौँ : विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गरेकी छिन्। बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाइन्। थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन्। उनले एक स्कुटर पनि प्राप्त गरेकी छिन्।  प्रतियोगितामा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल र पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपविजेता बनिन्।

Read More

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो। प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ। प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ। दरखास्त शुल्क पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

Read More

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो। दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।  उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ। सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा…

Read More

काठमाडौं : प्रहरीले फुटबलर दिनेश राजवंशीसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुलाई मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरिएको हो । राजवंशीसहित उनका तीनजना साथीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्दै आएका छन् ।

Read More