बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य शनिबारदेखि सुरु भएको हो ।
शनिबार एक कार्यक्रमकाबीच पञ्चेश्वर गाउँपालिका ४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन् ।
अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने अध्यक्ष चन्दले बताए ।
आगामी दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको छ । जिल्लाको दुर्गम पालिकाको केन्द्रमा अस्पताल निर्माण कार्य शुरु भएपछि स्थानीयबासी खुसी भएका छन् ।
Facebook Comments Box