काठमाडाैं: सुदूरपश्चिमस्थित डडेल्धुरा घर भएर हाल चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ। डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज (आइतबार) काठमाडौंमा निधन भएको हो।
भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। डा. केसी विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए।
डडेल्धुराकाे अमरगढी नगरपालिका–४ खलंगा पुख्यौली घर भएका उनले चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए। त्यसपछि केसीले नेम्सबाट एमडी गरेका थिए।
हाल काठमाडाैंमा बस्दै आएका उनी कैलालीकाे सेती प्रादेशिक अस्पतालकाे मेसु भएका थिए।
Facebook Comments Box