Author: महेन्द्रनगर पोष्ट

सुर्खेत : मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।  नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

Read More

बैतडी : भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने भारतीय दूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।  “बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउने भारतीय दूतावासले जारी गरेको…

Read More

काठमाडौं : गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवन आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ?’ त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ? ‘ गृहमन्त्री लामिछानेले जीबी…

Read More

कञ्चनपुरः भारतमा होटल संचालन गरिरहेका कञ्चनपुरको जनकराज पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका ५० वर्षीय जनकराज जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट शुक्रवार जोशीलाई पक्राउ गरेको बताएको छ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो। मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ। “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै…

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरेको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १९६ रनमै समेटियो । चेन्नईका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, मोइन अलीले ५६, महेन्द्रसिंह धोनीले २६, शिवम दुबेले २१ र रवीन्द्र जडेजाले १८ रनको योगदान दिँदा कप्तान रुतुराज गायकवाड शून्य रनमै पवेलियन फर्किएका थिए । गुजरातका मोहित शर्माले ३, रासिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले…

Read More

बाँके: बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा ३१ वैशाखमा हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको जानकारी दिए । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनले बताए । निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठ्माडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा मुख्यमन्त्री अधिकारीले दीर्घकालिन असर गर्न निणर्य नगर्न आदेश दिएको हो । यस आदेशसँगै तत्काललाई गण्डकी सरकार कायम रहेको छ । सर्वोच्चले आगामी जेठ ८ गते पेशी तोक्दै अग्राधिकार दिने समेत फैसला गरेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो । सोही रिटमा सुनुवाई गर्दै सर्वोच्चले दीर्घकालिन असर…

Read More

धनगढीः बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। चिकित्सक र स्वास्थ्यकर्मीहरू अतिरिक्त काम गरेको र जोखिम भत्ता नपाएको भन्दै आन्दोलित भएका हुन्। बैतडी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सार्वजनिक विदाको दिन काम गरेको, कार्यालय समयभन्दा बाहेक समयमा काम गरेको तथा जोखिमयुक्त काम गरेको अतिरिक्त पारिश्रमिक नपाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट नदिँदा कर्मचारीहरूले नियमानुसार पाउनुपर्ने सुविधा नपाएको भन्दै आन्दोलित हुनु परेको बताएका छन्। अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले बुधवार विज्ञप्ति निकाल्दै सार्वजनिक विदामा काम गरे बापतको रकम र जोखिम भत्ता नपाए अस्पतालबाट प्रदान गरिने सेवा बन्द गर्ने चेतावनी दिएका छन्। आइवार अर्थात ९६ घण्टाभित्र माग सम्बोधन नभए…

Read More