Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति ९ बजेको समयमा गोदावरी नगरपालिका –६ खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोदावरी नगरपालिका–४ का २६ वर्षीय राजु चौधरीको मृत्यु भएको हो। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति ९ :४५ बजेको समयमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ। शव पोष्टमार्टमकालागि सेती प्रादेशीक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

Read More

धनगढीः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायीको मृत्यु भएको छ। जिल्ला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवालको मृत्यु भएको हो। मङ्गलवार साँझ यूके ०३ डी ५९५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भारतको वनवासका व्यवसायी अग्रवालको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ। साइकलमा सवार शुक्लाफाँटा–५ का रमेश पाललाई बचाउन खोज्दा दुर्घटना भएको थियो। घाइते अग्रवालको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

बझाङ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट प्रभावित बनेका बझाङवासीलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज (मंगलबार) उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोलीले भूकम्पबाट बढी प्रभावित विभिन्न पालिका पुगेर स्थलगत अनुगमनको क्रममा शाहले यस्तो बताएका हुन् । टोलीले स्थानीका घरमै पुगेर दुःख सुन्नुका साथै क्षति भएका भौतिक संरचना हेरेको थियो । स्थानीयसँगको भेटमा मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले स्थलगत अनुगमन सकिएपछि चाँडै राहत घोषणा गर्ने प्रतिवद्धता समेत जनाए । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु…

Read More

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवाल गम्भीर घाइते भएका छन् । यूके ०३डी ५९५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा भारतको वनवसाका व्यवसायी अग्रवाल गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । साइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइते अग्रवालको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं : काठमाडौंमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो। बिष्ट नृत्य निर्देशकका साथै कलाकार पनि हुन्। जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन्। जुवाखालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

Read More

काठमाडौं : नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार मट्टितेल र डिजेलमा प्रतिलिटर चार रूपैयाँले घटेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा एन्टिबायोटिकको जथाभावी प्रयोग बढेको बताइएको छ। प्रदेशमा ९ ओटा जिल्ला रहेकोमा सबै जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोगमा वृद्धि भैरहेको बताइएको हो। चिकित्सकहरुले चिकित्सकीय परामर्श बिना जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्नुलाई चिन्ताजनक मानेका छन्। जसले गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन्। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. शेरबहादुर कमरले पहिल्यैदेखि सुदूरपश्चिममा एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दो रहेकोमा अहिले यो विषयमा स्पष्ट रुपमा उजागर भएको बताए। उनका अनुसार एन्टिबायोटिकको इर्यासनल युज बढ्दा पछिल्लो समय मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको र किटाणुहरु बलियो हुँदै गएकाले सो विषय अहिले…

Read More

चितवन : डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान पुरा नहुँदै गत जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पक्राउ परेका छन् । मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापालाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो । थापाले भरतपुर महानगरपालिका–१ का सोमराज सुवेदीलाई फोन गरी गत बुधवार २५ लाख नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएपछि चितवन प्रहरीमा सुवेदीले जाहेरी दिएका थिए । उनले…

Read More

काठमाडौँ : सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ। अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो। गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप आयोजना गरेको थियो। आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन्। त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ। विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ।

Read More