Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई समाजसेवी विनय प्रकाश मल्लले राहात उपलब्ध गराएका छन। पहिरोले विस्थापित आलिताल गाउँपालिका–१ माला गाउँ र भोका गाउँका २४ परिवारलाई उनले खाद्यान्न उपलब्ध गराएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा घरभइ हाल जापन बस्दै आएका मल्लले एक परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुनका दरले खाद्यान्न उपलब्ध गराएका मल्लले जानकारी दिए। पहिरोले विस्थापित भएपछि २४ परिवार जंगलमा टेण्ट भित्र बस्दै आएका छन्। नेपालीहरुको मुख्य चाँड दसैंकाका बेला छाक टार्न खाद्यान्न उपलब्ध गराएको उनको भनाइ छ। गत साउन महिनामा पहिरोले गाउँ पुरै छियाछिया भएपछि स्थानीयहरुलाई साउन ८ गतेदेखि जनज्योती आधारभुत…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए। उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका छोदेन र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले…

Read More

खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिनाजानकारी घर हिँडेपछि दसैँअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिनाजानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पीएसपी चाम्लिङले बताए । दसैँअगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिनाजानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘कर्मचारीले दसैँअगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको…

Read More

डडेल्धुरा: डडेल्धुरामा ६८ औँ प्रहरी दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरेर मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पनि प्रहरी दिवस मनाएको हो । दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। जिल्लाभर कार्यरत प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने चारजना प्रहरी कर्मचारीलाई नगद पुरस्कार र असोज महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना प्रहरी कर्मचारीलाई असोज महिनाको उत्कृष्ट घोषणा गरी सम्मान गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुमबहादुर नायकले जानकारी दिए। उनका अनुसार पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी हवल्दार दीपेन्द्रबहादुर बम, प्रहरी जवानहरू ललित कोली, भुवनेश्वरीकुमारी धामी र विशाल भट्ट रहेका छन्। असोज महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट…

Read More

धनगढी: कैलालीको गेटा अस्पतालले भोलिदेखि सेवा सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले सेवा सुरु गर्ने बारे जानकारी दिएको हो। यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो। साथै गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको अस्पतालका डाइरेक्टर प्रमोद…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जितेन्द्रप्रसाद ओझा भोलि पालिकामा हाजिर हुने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी अजयमेरुमा कामकाज गर्न खटाइएको हो। ओझालाई मन्त्रालयले असोज १९ गते नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजका लागि खटाएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले भने उनलाई रमाना दिएको थिएन्। यसअघि गाउँपालिका शिक्षा शाखा अधिकृत लालबहादुर सेठीले निमित्तको रूपमा काम गरिरहेका थिए। गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत…

Read More

धनगढी: बझाङस्थित स्वास्थ्य कार्यालयमा नयाँ हाकिम उपस्थित भएका छन्। निमित्त हाकिमले चलाइरहेको स्वास्थ्य कार्यालयमा लालबहादुर धामी कार्यालय प्रमुख भएर गएका हुन्। सातौं तहका जनस्वास्थ्य अधिकृत धामी यसअघि स्वास्थ्य कार्यालय कैलालीमा थिए। बझाङमा सातौं तहका भानुभक्त जोशीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए। अहिले हाकिम धामीले आफैंले सरुवा मागेर बझाङ गएको बताइन्छ।

Read More

काठमाडौं : एमाले परित्याग गरेको भन्दै निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जानकारी गराएपछि साहले आफू एमालेमै रहेको बताएकी छिन्। उनले एमालेबाट चुनाव जितेको र एमालेमै रहेको प्रतिक्रिया दिएकी हुन्। ‘म एमालेबाट चुनाव जितेकी हुँ, एमालेमै छु,’ उनले भनिन्, ‘प्रभु साहको पार्टीमा लागेको छैन। उहाँको पार्टीको केन्द्रीय समिति बैठकमा पनि गएको छैन। म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ?’ एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी भने आएको उनले बताइन्। ‘आज जानकारी पाएको हुँ,’ उनले भनिन्। उनले आफू छलफल गरिरहेको र कानुनी बाटोमा जान सक्ने बताइन्। र, यो पनि एमाले छोडेर पतिको पार्टीमा…

Read More

काठमाडौं : इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो। लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ। इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ।

Read More

बाजुरा: बाजुरामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ।​​ सोमवार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सो तथ्याङ्क सार्वजनिक गरेका हुन्। विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको हो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको थियो। यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशु चौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो। ​ बाढी पहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि…

Read More