काठमाडौं : झापाका एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन्।
मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका-३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ।
सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ।
सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ।
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएकाे साउन महिनादेखि बेपत्ता बनेका थिए। उनले पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।