Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गेटा अस्पतालले भोलिदेखि सेवा सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालले सेवा सुरु गर्ने बारे जानकारी दिएको हो। यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो। साथै गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको अस्पतालका डाइरेक्टर प्रमोद…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जितेन्द्रप्रसाद ओझा भोलि पालिकामा हाजिर हुने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी अजयमेरुमा कामकाज गर्न खटाइएको हो। ओझालाई मन्त्रालयले असोज १९ गते नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजका लागि खटाएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले भने उनलाई रमाना दिएको थिएन्। यसअघि गाउँपालिका शिक्षा शाखा अधिकृत लालबहादुर सेठीले निमित्तको रूपमा काम गरिरहेका थिए। गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत…

Read More

धनगढी: बझाङस्थित स्वास्थ्य कार्यालयमा नयाँ हाकिम उपस्थित भएका छन्। निमित्त हाकिमले चलाइरहेको स्वास्थ्य कार्यालयमा लालबहादुर धामी कार्यालय प्रमुख भएर गएका हुन्। सातौं तहका जनस्वास्थ्य अधिकृत धामी यसअघि स्वास्थ्य कार्यालय कैलालीमा थिए। बझाङमा सातौं तहका भानुभक्त जोशीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए। अहिले हाकिम धामीले आफैंले सरुवा मागेर बझाङ गएको बताइन्छ।

Read More

काठमाडौं : एमाले परित्याग गरेको भन्दै निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जानकारी गराएपछि साहले आफू एमालेमै रहेको बताएकी छिन्। उनले एमालेबाट चुनाव जितेको र एमालेमै रहेको प्रतिक्रिया दिएकी हुन्। ‘म एमालेबाट चुनाव जितेकी हुँ, एमालेमै छु,’ उनले भनिन्, ‘प्रभु साहको पार्टीमा लागेको छैन। उहाँको पार्टीको केन्द्रीय समिति बैठकमा पनि गएको छैन। म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ?’ एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी भने आएको उनले बताइन्। ‘आज जानकारी पाएको हुँ,’ उनले भनिन्। उनले आफू छलफल गरिरहेको र कानुनी बाटोमा जान सक्ने बताइन्। र, यो पनि एमाले छोडेर पतिको पार्टीमा…

Read More

काठमाडौं : इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो। लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ। इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ।

Read More

बाजुरा: बाजुरामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ।​​ सोमवार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सो तथ्याङ्क सार्वजनिक गरेका हुन्। विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको हो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको थियो। यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशु चौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो। ​ बाढी पहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि…

Read More

धनगढी: रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो। एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ। २०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गरेको दल हो ।

Read More

इजरायल : हमास युद्ध सुरुको भएको मंगलबार ११ दिन भइसकेको छ। हमास सैन्य प्रवक्ता अबु ओबेदाले आफ्नो नियन्त्रणमा करिब २५० जना रहेको बताएका छन्। यीमध्ये पनि विदेशी नागरिक आफ्ना पाहुना भएको र स्थितिमा सुधार आए उनीहरुलाई छाड्ने उनको भनाइ छ। ओबेदाले गाजामाथि इजरायलको थल कारबाहीले नडर्ने पनि बताएका छन्। यता इजरायलको सुरक्षा फोर्सले भने लेबनानमा हिजबुल्लाहको अड्डामा आक्रमण गरेको बताएको छ। सोमबार मात्रै इजरायली संसद्मा विशेष सेसन पनि भएको थियो। उक्त सेसनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगसँगै हिजबुल्ला र इरानलाई पनि चेतावनी दिएका छन्। नेतन्याहूले हमासँगको युद्ध अँध्यारो र उज्यालोबीच (झम्के साँझ) को युद्धझैं भएको बताएका छन्। ‘हामी दुस्मनलाई यति मात्रै…

Read More

धनगढी: प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो । अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै लगेको गोरखाका हिमाञ्चल कट्टेलले बताए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । ‘विपिनको खोजीका लागि कूटनीतिक क्षेत्रमा छलफल गरिराखेका छौं । उहाँको लोकेसन…

Read More

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ। त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने मस्यौदा तयार भएको हो। मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने…

Read More