Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशसभाबाट बुधवार शोक प्रस्ताव पारित गरिएको छ। इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट ज्यान गुमाएका एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दैे प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो। सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा शोक प्रस्ताव राखेका थिए। प्रदेश सभामा उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यले हात उठाएर शोक प्रस्तावलाई पारित गरेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पस टीकापुरमा अध्ययन पूरा गरेर इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका १० जना विद्यार्थीको हमास विद्रोहीको आक्रमणमा परि मुत्यु भएको यियो । यसैगरी, दुवै घटनामा परेर ज्यान गुमाएकाको शोकमा प्रदेश सभामा एक मिनेट मौन धारण गरिएको…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई देखाएर नेता झपट रावलले उपसचिव पदमा बार्गेनिङ गरिरहेको आरोप लागेको छ। झपटकै उक्साहटमा लागेर अध्यक्षमा उम्मेदवारी दिएका संविधानसभा सदस्य तथा अछामका पूर्व अध्यक्ष भरत साउदले उम्मेदवारी फिर्ता लिन तयार भएका बेला रावलले दबाब दिइरहेका एक नेताले बताए। रावलले उपसचिवमा भीम रावलकाे काेटाबाट भन्दै उपसचिवमा साउदकै प्यानलमा रहेका कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेका छन्। उनले सचिव पदका उम्मेदवार रतन रेग्मीलाई पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका छन्। संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारकाे उम्मेदवारी यथावत् रहने बताइरहेका छन्। कतिसम्म भने रावलले अध्यक्षका उम्मेदवार साउद…

Read More

गाजा सिटी : इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ । “गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,” प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्लो आधिकारिक तथ्यांकअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ । स्थानीय समयअनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास)ले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र…

Read More

काठमाडौं : गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका भेटिएको हो । संविधान दिवसको दुई दिनअघि मात्रै कारागार प्रशासनमा दबाव दिएर रिगल ढकालको फाइल कैद मिनाहाका लागि झिकाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘हतारहतार फाइल पठाइएको हो’ स्रोतले भन्यो, ‘उहाँले पुरानो मिति राखेर रिगलको फाइल मन्त्रिपरिषद्मा पेश गरेको देखिन्छ ।’ २९ भदौ बसेको मन्त्रिपरिषद् बैठकले…

Read More

काठमाडौँ : इजरायलमा रहेको नेपाली दूतावासले गरेको कार्य उच्च प्रशंसनीय रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा बोल्दै इजरायल गाजा घटनापछि दूतावासले गरेको कार्य प्रशसनीय रहेको बताइन् । ‘घटना भएपछिदेखि नै दूतावास सक्रिय भएर लागेको छ । सिमित स्रोत साधनकाबीच दूतावासले गरेको कार्य निकै प्रशसनीय छ । यसको नेपाल सरकारले मूल्यांकन नै गर्नेछ’ प्रवक्ता लम्सालले भनिन् । घटनापछि दूतावासले राम्रोसँग काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउनुपर्ने समेत माग राखेको छ । यस्तो अवस्थामा सरकारले दूतावासको प्रशंसा गर्दै उनको बचाउँ गरेको हो ।

Read More

पोखरा : हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको मुस्ताङ प्रहरीका सूचना अधिकारी इन्सपेक्टर दिनेश गौतमले बताए। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको गौतमले बताए। उनको शव पोष्टमर्टम गर्न हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। यस्तै, मुक्तिनाथ दर्शन गर्न आएका…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताएका छन्। आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन गराउने गरिएको भन्दै अनौपचारिक रूपमा लेनदेन गर्नेहरूलाई पनि भ्रष्टाचार गरेको ठहर्ने गरी कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए। ‘भ्रष्टाचारको स्वरूप परिवर्तन भएको छ। भ्रष्टाचार गर्ने पैसा चाहिँ आफूले नलिने प्रवृत्ति बढेको छ। पैसा अरूले नै लिने, सार्वजनिक पद धारण गरेको व्यक्तिले होइन। मानौँ लेखनदासले लिइदिन्छ, उसले कहिले बाँड्छ थाहा छैन। व्यक्तिले लिएका हुन्छन्, उसलाई पक्रेर के गर्नु? भ्रष्टाचार अन्य माध्यमबाट हुन…

Read More

काठमाडौं : सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीलाई पठाउने निर्णय गरेको हो। सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने बताइन्। नेपालबाट दुबई ‘ट्रान्जिट’ भई जहाज इजरायल पुग्ने छ । जहाज भोलि बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोलि राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ। विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण…

Read More

डडेल्धुरा : डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाँउपालिका–२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल मृत फेला परेका हुन् । उनी बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुमबहादुर नायकले बताए । उनका अनुसार मृतकको मुखबाट रगत बगेको थियो । थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More