दार्चुला: दार्चुला जिल्लाकी प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रकी नेता लक्ष्मी विक कृषि प्राविधिक टोलिसहित जनताको घर दैलोमा पुगेकी छिन् ।
अहिले जिल्लाका जनता, पार्टीका नेताहरू संग भेटघाट र दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा रहेकी प्रदेश सभा सदस्य लक्ष्मी विक जिल्लाको मालिकार्जुन गाउपालिका गाउँपालिका-७ डिन्सी रतकोट लगायत क्षेत्रका जनताको घरदैलोमा कृषि प्राविधिक सहितको टोलि लिएर जनताको घरदैलोमा पुगेकी हुन् ।
विक कृषि ज्ञान केन्द्र दार्चुलाका प्राविधिकहरू र कार्यालय प्रमुख सिद्धराज उपाध्याय समेतको टोलि सहित जनताको घर-घरमा पुगेकी हुन् । सोहि अवसरमा त्यहाँका जनताले कृषिमा भोग्नु परेको समस्या, चुनौति र सामाधानका विषयमा स्थानीय जनता संग प्रत्यक्ष रूपमा अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको सांसद लक्ष्मी विकको सचिवालयले जनाएको छ ।
प्रदेश सांसद विकले किसानहरुको समस्या समाधानका नीति निर्माता रावनैतिक फदका नेताहरु, नीति कार्यान्वयनकर्ता कर्मचारी तथा किसानहरु सयुक्त प्रयासले मात्रै समाधान हुने भएकाले यसमा लागि आफुले कृषि क्षेत्रका सुधारात्मक विभिन्न कार्यक्रम ल्याउने बताईन् ।
सरकारले दिने अनुदान र ऋणको तुलनामा कृषि उत्पादन नवढेको भन्दै वास्तविक किसानहरु सम्म अनुदान पुग्न नसकेको, उत्पादन कृषि वस्तुले बजारीकरणको समस्या रहेको वताउदै यसका लागि समेत समस्या समाधनका लागि लाग्ने उनले बताईन् ।
”अनुदान नीति ब्यवहारिक नभएको हिमाली पहाडी र तराईका जिल्लाहरु एउटै मापदण्ड र आधार रहेको दार्चुला जस्तो विकट क्षेत्र जहाँ लागत वढी हुन्छ त्यहाँ अनुदान ५० होईन ८० प्रतिशत बनाउन पहल गर्छु” उनले भनिन् ।
यसैगरी उक्त टोलिमा रहेका कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले आफुहरु किसानका नीतिगत, प्राविधिक, बजारीकरण समस्या समाधान गरि कृषि सेवालाई कृषकहरुको घरदैलोमा पुर्याउनका लागि प्रयासरत रहेको वताएका छन ।
स्थानीय कृषकहरुले ब्यवसायिक उत्पादन गरेकाको लागि बजार नभएको, तरकारी खाध्यान्न वालीमा रोग लाग्ने, वादर र सुगरले समेत बालीनाली नोक्सान गर्ने, सिचाँईको त्यहाँको प्रमुख समस्या रहेको सांसद विकले बताईन् । सोहि अवसरमा ५० जना विपन्न किसानलाई तरकारीको बीउ मिनिकिट वितरण गरेर लगाउने तरिकाको वारेमा प्रााविधिक टोलिले बताउदै विभिन्न कृषिका समस्यााका बारेमा छलफल गरिएको थियो ।