Author: महेन्द्रनगर पोष्ट

कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व सहमतिमै बनाउन अन्तिम प्रयास भईरहेको छ । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेपछि सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका छन् ।तर, केन्द्रले सहमतिमा नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि अहिले फेरि नेताहरू छलफलमा जुटेका हुन् । ‘प्रदेशका नेताहरु पनि सर्वसम्मत गर्ने पक्षमा हुनुहुन्थ्यो । उम्मेदवारी धेरैको परेपछि करिब चुनाव हुने पक्का भइसकेको थियो । तर, केन्द्रीय नेतृत्वले सर्वसम्मतकै लागि फेरि पहल गर्ने भनेपछि अहिले अन्तिम प्रयास जारी छ’, प्रदेशका एक नेताले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्न सुझाव दिएका थिए । ओलीले महासचिवलाई…

Read More

काठमाडौं : कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६-६ जना सहसचिवको सरुवा गरेको हो । सूचीसहित: आयोग-२०८००६२१-बैठकDownload

Read More

धनगढी: डडेल्धुराकी एक युवतीको अश्लील भिडिओ दृश्य सार्वजनिक गरेर चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। आइतबार परशुराम नगरपालिका एक नाबालकविरुद्ध अश्लील (नग्न) भिडिओ सार्वजनिक गरेको आरोपमा उजुरी निवेदन परेको हो। स्थानीय पीडित १७ वर्षीया नाबालिका आफन्तले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। करिब एक महिनाअघि ती नाबालिकाको प्रेमीसमेत रहेका ती नाबालकले सो भिडिओ फेसबुक, म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल बनाएको बुझिएको छ। प्रेम सम्बन्धमा रहेका उनीहरुबीच खटपट भएपछि आफूसँग रहेको अश्लील भिडिओ आउट गरेको बताइन्छ। ती १७ वर्षीय नाबालक परशुरामकै एक वडाका अध्यक्षका छोरासमेत रहेको खुलेको छ। यता प्रहरी स्रोतले भने…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन्। उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो आग्रह गरेका हुन्। मन्त्री साउदले कोहेनसँग ‘समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ’ भनेका छन्। उनले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे। मन्त्री साउदले भने,‘ महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि…

Read More

कञ्चनपुर : इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टेनीे हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ’, सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’…

Read More

धनगढी : कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौं : सशस्त्र प्रहरीले दशैं,तिहार र छठ पर्वलाई लक्षित गरेर सर्वसाधारणको सुरक्षाका लागि सीमानामा सहायता कक्ष स्थापना गरेको छ । सशस्त्रले मुलुकका विभिन्न १२२ स्थानमा हेल्प डेस्क तथा ३३ स्थानमा हेल्थ डेस्कको स्थापना गरेको हो । सशस्त्रका अनुसार भारततर्फको सीमावर्ती इलाकामा १२० सहायता कक्ष र ३० स्वास्थ्य कक्ष तथा चीनतर्फ दुई स्थानमा सहायता र तीन स्थानमा स्वास्थ्य कक्ष राखिएको छ । जसमा बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र वैद्यनाथ…

Read More

काठमाडौं: प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १८ जना थाइल्याण्डका नगारिक मारिएका छन्। शनिबार र आइतबारको हमलामा उनीहरुको हत्या गरिएको बताइएको छ। थाइल्याण्डको विदेश मन्त्रालयले यसअघि इजरालयमा भएको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको बताएको थियो। त्यहाँ रहेका हजारौं थाइ नागरिकलाई तत्काल उद्धार गरिने जानकारी दिइएको छ। मन्त्रालयकी प्रवक्ताले नौ जना घाइते भएको र ११ जनालाई आक्रमणकारीले बन्दी बनाएको उल्लेख गरेकी छन्। इजरायलको कृषि क्षेत्रमा झण्डै ३० हजार थाइ नागरिक काम गर्दै आएका छन्। तीमध्ये तीन हजार जनाले आफूलाई स्वदेश फर्काइदिन अनुरोध गरिसकेका छन्।

Read More

धनगढी: बैतडीको निङ्लाशैनी भगवती मन्दिरका मुखियाको निधन भएको छ। आज (मंगलबार) दशरथचन्द नगरपालिका-२ चैसिर गाउँका ५८ वर्षीय मुखिया मानबहादुर बोहराको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार लामो समयदेखि कलेजोको बिरामी रहेका बोहराको उपचारका क्रममा निधन भएको हो। उनको आज दिउँसो काठमाडौंको एक अस्पतालमा निधन भएको बताइन्छ। बिरामी भएदेखि उनी काठमाडौंमै बसेर उपचार गराउदै आएका थिए।

Read More

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।  दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् । गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई…

Read More