कैलाली: कैलालीको घोडाघोडी नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४२ वर्षीय हेम कार्की, ४१ वर्षीय जितमान चौधरी, ४२ वर्षीय योगेन्द्र ऐर र ३८ वर्षीय कृष्ण चौधरी रहेका छन्। वडा नम्बर १ सुन्दरपुरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मध्यराति करिब २ बजे पक्राउ गरेको हो।
उनीहरूको साथबाट ६३ हजार २ सय ५० रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
Facebook Comments Box