बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए। सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन। सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अरू सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ। मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए। अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप तीन उपसचिवहरूको सरुवा गरेको छ । सोमबार मन्त्रालयले स्थानीय तथा संघीय मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयमा ल्याएको हो । सरुवा हुनेमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको हो । यससँगै मन्त्रालयमा उपसचिवको सङ्ख्या २६ जना पुगेको छ । मन्त्रालयमा २३ जना उपसचिवको दरबन्दी रहेको छ ।
काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । बम डिस्पोज गर्ने वेलामा विस्फोट भएपछि दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौँ : सरकारले ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३’लाई खारेज गर्ने गरी नयाँ निर्देशिका तयार गरेको छ । यसअघि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको निर्देशिका मन्त्रालयले खारेज गर्दै ‘हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन, (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०८०’को मस्यौदा तयार गरेको हो । मन्त्रालयले भदौ २१ गते सचिवस्तरीय निर्णय गर्दै तयार गरिएको निर्देशिकासँग सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन तथा राय सुझाव माग गर्न एक सूचना जारी गर्दै १० दिनभित्र लिखित रूपमा मन्त्रालयको नीति विश्लेषण शाखा वा मन्त्रालयको इमेल ठेगानामा सुझाव दिन आग्रह गरेको थियो…
बझाङ : बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । आज (मंगलबार)दिउँसो अन्दाजी १ बजेको समयको केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट डोटी घर फर्किने क्रममा बगेर डोटीको सायल गाउँपालिका-१ पुजारी गाउँका ३५ वर्षीय कालीभान पुजारा बेपत्ता भएका हुन् । केदारस्युँ गाउँपालिकाको देउरास्थित सेती नदी र कालंगा नदीको दोभानमा पानी खान जानेक्रममा चिप्लिएर पुजारा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता पुजाराको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ : न्याय परिषदले ठुलो सङ्ख्यामा जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति तथा सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको नियुक्तिसँगै सरुवासमेत गरेको हो । उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरेको परिषद्ले ३६ जना न्यायाधीशहरुलाई नियुक्त गरेको हो । न्याय-परिषदको-मिति-२०८०।०६।०२-को-सूचनाDownload
धनगढी : कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्ष देखि बन्द रहेको पोष्टमार्टम सेवा मंगलबार देखि सुरु भएको छ । २०६२ साल देखि बन्द रहेको उक्त सेवा आज एक कार्यक्रमका बिच सुचारु गरिएको भजनी नगरपालिका प्रमुख केवल चौधरीले जानकारी दिएका हुन । भजनी प्राथामीक स्वास्थ्य केन्द्रबाटै पुनः पोष्टमार्टम सेवा सुचारु भए सङ्गै यस क्षेत्रका स्थानीयलाई कैलालीको टिकापुर र धनगढी जानू पर्ने समस्याको अन्त्य भएको छ ।
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य माथी हातपात भएको छ । नेकपा माओवाद केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले हातपात गरेका हुन । कार्यालयमै रहेका बेला उनी माथी अध्यक्ष हमालले हातपात गरेको इलाका प्रहरी कार्यालय डिएसपी बिरेन्द्र वीर विश्वकर्माले जनाएका छन् ।
काठमाडौँ : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् । आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज…