बझाङ : बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् ।
आज (मंगलबार)दिउँसो अन्दाजी १ बजेको समयको केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट डोटी घर फर्किने क्रममा बगेर डोटीको सायल गाउँपालिका-१ पुजारी गाउँका ३५ वर्षीय कालीभान पुजारा बेपत्ता भएका हुन् ।
केदारस्युँ गाउँपालिकाको देउरास्थित सेती नदी र कालंगा नदीको दोभानमा पानी खान जानेक्रममा चिप्लिएर पुजारा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता पुजाराको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box