धनगढी: कैलालीमा १४ वर्षीया एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो।
चन्द्र महतोकी १४ वर्षीया छोरी माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहीबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।
Facebook Comments Box