काठमाडौं : अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : वीरगन्जमा भारतीय फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर वीरगन्ज १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बब्लु पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको हो । एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनी २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ। उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए । पासवानको साथबाट एक थान पेस्तोल र केहि…
काठमाडौ, १७ बैशाख । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो । आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन…
डोटी : डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इलाम : प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् । सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।
बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।
धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् । सुरुबाटै अग्रता बनाएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सुर्मा गाउँपालिका पुग्दा पछि परेका थिए । अहिले मष्टा गाउँपालिकाको मत गणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिंहले ८ हजार २२७ मत ल्याएर अग्रता बनाएका छन । दोस्रोमा एमालेका उम्मेदवार दमन भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेर पछ्याइरहेका छन । यस्तै तेस्रोमा माओवादी केन्द्रका जनक बूढाले २ हजार ९९३ मत पाएका छन्। समाजवादीका दिलबहादुर सिंहले २ हजार १६२ मत प्राप्त गरेका छन ।
काठमाडौं : इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ। चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रह्यो। यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे। चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिए। यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ विकेट लिए। रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो। चेन्नईका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको…
काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। …
बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।