Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईँलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्। सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रसाईँलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग नझुक्ने बताए। ‘प्रचण्ड’लाई गएर मैले दुर्गा प्रसाईँलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे काटिएर जाओस् यो शिर बरु तर त्यस्ताहरूसँग यो शिर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने। दसैँअघि प्रसाईँले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार…

Read More

काठमाडौँ : शिक्षक सेवा आयोगले यही कात्तिक १८ गते बाट हुने भनिएको बागमती प्रदेश काठमाडौँ जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ। आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौँ जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ। आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौँको सिफारिस र आयोगको आयोगको आइतबारको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ। आयोगको अनुसार जनप्रभात मावि कालिमाटी ‘क’ केन्द्रको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ‘क’ केन्द्रमा, जनप्रभात…

Read More

काठमाडौँ: कतारबाट ल्याएको २८ लाख बराबरको अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई र यम भन्ने अनिष थापा रहेका छन् । कतारको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सिनामंगल शम्भुमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्रीहरू थान–३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद रू१ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ…

Read More

काठमाडौँ : नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन…

Read More

काठमाडौं : बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार कलैयाबाट आरोपी पक्राउ परेका हुन्। यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए। ३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमानुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो। यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् । हाल ११औँ नम्बरमा काठमाडौँबाहेक अरू…

Read More

दाङ : दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्। जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो। दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ। त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्। लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह…

Read More

धनगढी : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा २१ वर्षीया युवती रिताकुमारी धमला (रितु) मृत अवस्थामा फेला परेकी हुन्। सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी रितु आइतबार मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : अब ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ। यसअघि ट्राफिक प्रहरीलाई सक्कलै चालक अनुमतिपत्र देखाउनुपर्ने बाध्यता थियो। तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ। यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ।

Read More

बारा : बाराको सदरमुकाम कलैयामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका प्रधानाध्यापकको ज्यान गएको छ। ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका- ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रअ रुपेश सरार्फ( गुडु) रहेका छन्। रुपेशलाई टाउको र छातीमा गाेलि प्रहार भएको थियोे। गोली प्रहार भई घाइते भएका उनलाई उपचारका लागि वीरगंजकाे गण्डक स्थित नेपाल मेडिसीटी ब्योधा अस्पतालमा लगिएको थियो। तर, उनी बाँच्न सकेनन्। सम्बन्धित समाचार शिक्षकमाथि दिउँसै गोली प्रहार

Read More