Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। गढवा गाउँपालिका– २, पचहियानिवासी २६ वर्षीय रन्जित चौधरीले २१ वर्षीया श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराइ प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। जेठ २४ गते राति करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्। श्रीमान् रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ। घरासयी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाले वीरगति प्राप्त तथा कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुको एकल महिला (श्रीमती) ले खाईपाई आएको मासिक कल्याणकारी निवृत्तिभरण रकम बढाएको छ । उक्त रकम गत बैशाख १ गते लागु भएको समारोह सञ्चालन निर्देशनालयले हालै जारी गरेको परिपत्रमा उल्लेख छ । निर्देशनालयले कार्यरथी विभागको जेठ २० गतेको पत्रको आधारमा मासिक पाँच सय रुपैयाँले निवृत्तिभरण रकम बढाइएको जानकारी दिएको छ । यसअघि वीरगति प्राप्तका एकल महिलाले मासिक तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्थे । अब यो रकम चार हजार रुपैयाँ पुगेको छ । त्यसैगरी कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुका एकल महिलाको खाइपाई आएको दुई हजार पाँच सय रुपैयाँमा पाँच सय…

Read More

काठमाडौं : एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ…

Read More

काठमाडौं : मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्। सिराहा ४ ९१० बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन्। साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ। बिनाविभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मियालाई जिम्मेवारी तोकिएको छैन। उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ। नवनियुक्त दुवै मन्त्रीको शपथको तयारी भइहेको छ।

Read More

धनगढी : कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ। पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ। २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ। आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो। दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए। दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ। फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो। ती मध्ये ८ वटाको सकुशल उद्धार भयो। बाँकी २ वटा नदीमा…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत…

Read More

काठमाडौं : सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो । कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु…

Read More

काठमाडाैँ : दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा करिब ४ घण्टादेखि अडकिएका १४ खच्चरमध्ये ८ खच्चरको सकुशल उद्धार भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमै अडकिएका खच्चरमध्ये ८ वटाको उद्धार भएको हो ।  आइतबार बिहान करिब साढे नौ बजेदेखि अडकिएका ७ खच्चडलाई पुलको जाली काटेर खोलामा झारेर उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका…

Read More

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकिन्द्र कुँवर सम्मानित भएका छन्। उनलाई हिजो राजधानीमा आयोजित एमाले पर्यटन विभागको कार्यक्रममा सम्मान गरिएको हो। महाराजगञ्जस्थित अमेरिकी राजदूतावास नजिकैको रोयल दरबार रेष्ट्रोमा एमाले नेता भीम आचार्य प्रमुख रहेको पर्यटन विभागले पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा कुँवरलाई ओलीले सम्मान गरेका हुन्। ओलीले मस्टो आउटडोर्स प्रालिका संचालकसमेत रहेका कुँवरलाई नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सम्मान गरेका हुन्। सम्मानपछि कुँवरले प्रतिक्रिया दिदै आफ्नो फेसबुकमा-भ्रममा नपर्नुहोला फेसबुकमा ओली प्रवृतीको रचनात्मक आलोचना गरेबापत होइन, नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको मस्टो आउटडोर्स प्रालिको संचालकका हैसियतले अध्यक्ष कम्रेड ओलीबाट सम्मान पत्र…

Read More