काठमाडौं : नेपाली सेनाले वीरगति प्राप्त तथा कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुको एकल महिला (श्रीमती) ले खाईपाई आएको मासिक कल्याणकारी निवृत्तिभरण रकम बढाएको छ ।
उक्त रकम गत बैशाख १ गते लागु भएको समारोह सञ्चालन निर्देशनालयले हालै जारी गरेको परिपत्रमा उल्लेख छ ।
निर्देशनालयले कार्यरथी विभागको जेठ २० गतेको पत्रको आधारमा मासिक पाँच सय रुपैयाँले निवृत्तिभरण रकम बढाइएको जानकारी दिएको छ ।
यसअघि वीरगति प्राप्तका एकल महिलाले मासिक तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्थे । अब यो रकम चार हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुका एकल महिलाको खाइपाई आएको दुई हजार पाँच सय रुपैयाँमा पाँच सय थप गरिएको छ ।
सहायक रथी नवराज गुरुङले जारी गरेको पत्रमा भनिएको छ, ‘उक्त सुविधा उपभोग गरिरहेका वीरगति प्राप्त तथा कर्तव्यपालनाका क्रममा मृत्यु हुनेका एकल महिला (श्रीमती) हरुलाई सक्कल पेन्सन पट्टा,नागरिकता प्रमाणपत्र, कल्याणकारी निवृत्तिभरण पट्टा र सोको फोटोकपी तथा कल्याणकारी निवृत्तिभरणको बैंक स्टेटमेन्टसहित सैनिक कल्याणकारी निर्देशनालयको पट्टा फाँट,जंगी अड्डा भद्रकालीमा सम्पर्क गरी नयाँ लागु भएको मासिक कल्याणकारी निवृत्तिभरण रकम प्राप्त गर्न/गराउनु…।’