Author: महेन्द्रनगर पोष्ट

दमौली: तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजो पोखरामा मृत्यु भएको हो। तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो।  प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More

कैलाली: कैलालीमा माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। भजनी नगरपालिका–१ मधुवन शिविरका ४० वर्षीय श्रीकृष्ण चौधरीको नालामा डुबेर मृत्यु भएको हो। सोही ठाउँको बरदान चटिया नालामा माछा मार्दा सोमबार साँझ डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीले अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

सुर्खेत: काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दाङमा दुर्घटनामा परेकाे छ। पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ। दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ। गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो। नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने छ।

Read More

बाजुरा: बाजुरामा एक एकल महिला आफन्तबाटै बलात्कृत भएको खुलेको छ। जगन्नाथ गाउँपालिकाकी उनलाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो। बलात्कारपछि आरोपितका घरका सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको दाबी छ। उनले आफूलाई मरसान्न हुनेगरि पिटिएकाले ३ दिनपछि मात्रै होस आएको बताइन्। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन्। उक्त विषयमा उजुरी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। कार्यालयका निमित्त प्र्मुख दानसिंह भन्डारीका अनुसार आरोपितको खोजी कार्य जारी छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।  आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।

Read More

कैलालीः कैलालीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका ५० वर्षीय छत्रबहादुर महरालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। महराले संचालन गरेको नेहा ट्रेडर्स एण्ड सप्लायर्समा भारतबाट भन्सार छलीका अन्दाजी ३४ हजार ५ सय २० रुपैँया बराबरका किरानाका सामान प्रहरीले फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामानसहित महरालाई नियन्त्रणमा लिई कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाएको छ। यसैगरी, धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध रुपमा भन्सार छलीका अन्दाजी १५ हजार ४सय २० रुपैँया बराबरको पेठा, पानीपुरी,पास्ता लगायतका सामान सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Read More

अछाम : जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित प्रहरी चौकी सिउँडीले नयाँ भवन निर्माण गरेको छ । सोमबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले उक्त नवनिर्मित भवन उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै डीआईजी बोहराले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी कार्यालय, मेश तथा शौचालय भनव निर्माण गरिएको थियो । नवनिर्मित भवन यसअघि नै सेवा दिन थालिए पनि सोमबार मात्रै औपचारिक रुपमा उद्घाटन गरिएको हो । चौरपाटीमा स्थापना भएको प्रहरी चौकी सिउँडीले लामो समयपछि मात्रै पक्की भवन पाएको…

Read More

डडेल्धुरा: डडेल्धुराको बागबजारमा रहेको सम्राट कलेक्सन सेन्टरले माछापुच्छ्रे बैंकका ग्राहकलाई छुट दिने भएको छ। आउँदै गरेको दशैँतिहारलाई लक्षित गरेर कलेक्सन सेन्टरले विशेष छुट दिने भएको हो। त्यसका लागि आज(सोमबार) दुवै पक्षबीच सम्झौता भएको छ। सम्झौता पत्रमा बैंक तर्फबाट शाखा प्रबन्धक नरेन्द्रबहादुर बोहरा र सम्राट कलेक्सनको तर्फबाट सञ्चालक नरेश पनेरु ‘सम्राट’ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका ग्राहकले फेन्सी सम्बन्धी जुनसुकै किसिमका समान खरिद गर्दा १२ प्रतिशत छुट पाउनेछन्। उक्त छुट सुविधा पाउन सेवाग्राहीले बैंकको एटिएम कार्ड अथवा अनलाइन मार्फत भुक्तानी गर्नुपर्ने छ। यो सम्झौताले ग्राहकलाई थप लाभ हुने बैंकले विश्वास लिएको छ। विगत ३० वर्षदेखि सेवा दिंदै आइरहेको सम्राट कलेक्सन…

Read More

काठमाडौँ : १९ औँ एसियाली खेलकुद, अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ। आज साँझ भएको खेलमा नेपाल जापानसित ८-० गोलअन्तरले पराजित भएको हो। जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो। समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो। जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो। यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन्। यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन्। खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५-० गोलको फराकिलो…

Read More