काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् ।
चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
Facebook Comments Box