Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा अवैध ढुङ्गा तथा बालुवा चोरी गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको छ। आज (मंगलबार) जिल्लाको गोदावरी नगरपालिका-९ को सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी गणेश बरालका अनुसार ती ट्याक्टरहरुले अवैध ढुंगा, बालुवा चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। भे १ त ६०२२, सुप्रप्र ०१००२ त ५३१८, से १ त ७४९६, सुपप्र ०१००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्रालीसहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। “दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उनले भने, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ।” उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले…

Read More

काठमाडौंः नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन्। सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका हुन्। अरू खेलाडी एसियाडका लागि चीन गएपनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्। आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए। त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो। सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन्। फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै अभियन्ता ईः उभिएर विरोध जनाइरहेका छन्। ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ। आफ्नो ठाउँबाट पहल गर्छु,’ ईःसँग उनले भनिन्। अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।

Read More

डडेल्धुराः नेपाली उपभोक्ता संरक्षण महासंघ डडेल्धुराले प्रथम जिल्ला कार्य समिति गठन गरेको छ। एक कार्यक्रमकाबीच संस्थाका केन्द्रीय सदस्य सुरेश बोहराको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो। समितिको अध्यक्षमा अरुणप्रसाद जोशी, उपाध्यक्ष इन्द्र बोहरा, महासचिवमा प्रेमराज पन्त, सचिवमा सुरेश ताम्राकार, सह–सचिवमा दुर्गा देउवा र कोषाध्यक्षमा सितादेवी बोहरा चयन भएका छन। यस्तै सदस्यमा मिना भट्ट, जुनु रोक्का मगर, भागरथी ऐर, गणेशसिंह साँकी, देवराज भट्ट र रमेशप्रसाद पन्त चयन भएका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघले कालो बजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोक्ता हकहितको लागि जनस्तरको खबरदारीमा प्रतिवद्धता’ भन्ने नारा दिई काम गर्दै आएको छ।

Read More

धनगढी: बाजुरामा बलात्कार काण्ड घटाएर भागेका एक युवक नेपालगञ्जमा समातिएका छन्। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुरा स्रोतले बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला ल्याउन लागिएको जानकारी दिएको छ। स्रोतका अनुसार नेपालगञ्ज प्रहरीको सहयोगमा बुढालाई समातिएको हो। प्रहरीका अनुसार उनी एक एकल महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्। उनलाई नातामा हजुरआमा पर्ने महिलालाई गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो। उनी जाँड खाएर एकल महिलाको घरमा पसेको प्रहरीको दाबी छ। त्यसपछि उनकै घरका सदस्यसमेत आएर आफूमाथि कुटपिट पनि गरेको महिलाको भनाई…

Read More

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मंगलबार पनि आवागमन बन्द गरिएको छ।  महाकाली नदीमाथिको रहेका झोलुंगे पूल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। पूलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मंगलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो। यसअघि  मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो। तर मर्मतको काम नसकिएको भन्दै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए। अर्को सूचना जारी नहुँदा सम्मको लागि दैनिक  बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म पुलमा…

Read More

काठमाडौँ: नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ। चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ। यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय…

Read More

कञ्चनपुर: कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएका छन्। सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर प्रयोगविहीन बनेका हुन्। सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि  प्रयोगविहीन सञ्चालनका लागि चार विकल्प प्रस्ताव गरिएको छ। रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो। सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो। उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।  एक हजार क्षमताको संरचनाको ३० प्रतिशत विपद्को प्रयोगका लागि र…

Read More

धनगढी: सुदूरपश्चिममै पहिलोपटक प्रहरीले सुधारकेन्द्र स्थापना गरेर सञ्चालन गरेको लागुऔषधको कुलतमा फसेकालाई सुपथ शुल्कमा गुणस्तरीय उपचारको व्यवस्था गर्न कैलालीको धनगढीमा आसरा सुधार केन्द्र स्थापना गरिएको हो। प्रहरी नायब महानिरीक्षक(डिआइजी) भरतबहादुर बोहराको नेतृत्वमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापनाका लागि सम्झौता भएको थियो। आइतबार नगरप्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। जसअनुसार धनगढी उपमहानगरपालिका–१४ फुलवारीस्थित ज्येष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना भइसकेको डिआइजी बोहराले बताए।

Read More