धनगढीः कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना भएको छ। गोदावरी नगरपालिका–५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना भएको हो। दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। घाइतेको पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्। पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन्।
काठमाडौँ : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकले जनाएको छ भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो। छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन।
काठमाडौ : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा…
काठमाडौं: काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
धनगढी : आज इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। पहिलो चरणमा सुदूरपश्चिम घर भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरी शव आउदैछ। गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यतालिका छ। शवहरू आजै नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइने बताइएको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ । प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । यसको मतलब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक-पटक म्याद थप्दै आएको छ । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठको १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो । तर फेरि पनि म्याद…
बारा : कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् । चाडबाडको बेला शान्ति सुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्ति सुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए । साइकल हस्तान्तरितता नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागूपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति सुरक्षा बहाल…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान-अवतरण भएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दशैंको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । २९ असोजमा अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान…