काठमाडौं: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो।
सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो।
भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए।
स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरुले आक्रोशित विद्यालयभित्रबाट फर्निचर निकालेर आगो लगाएका थिए।
Facebook Comments Box