धनगढीः कैलालीको अत्तरिया किर्केट क्लबको आयोजनामा लोटस आई किर्केट कप प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी–१ का वडा अध्यक्ष गोपालदत्त भट्टले बुधवार उदघाटन गरेका हुन् । लोटस आई सेकेन्डरि स्कुलले प्रायोजन गरेको प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रवर्द्धक रहेको छ। आज पहिलो खेल सैनिक आवासीय महाविद्यालय तेघरि र लोटस आई सेकेन्डरि स्कुल अत्तरिया बिच भएको छ। २६ गतेसम्म चल्ने प्रतियोगितामा कैलाली र कंचनपुरका गरि ८ टिम सहभागी रहेका छन्। प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख १ हजार ट्रफी र मेडल पाउने छ। यस्तै दोस्रो हुने टिमलाई ५१ हजार नगद ट्रफी र मेडल उपलब्ध गराइने छ। प्रतियोगितामा सर्बोत्तकृष्ट…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि डडेल्धुराबाट १८ जना प्रतिनिधि चयन भएका छन् । सबै प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । चयन भएका प्रतिनिधिहरुमा गजेन्द्रबहादुर शाही, ज्ञानु गैरे, चक्रप्रसाद स्नेही, हरिप्रसाद भट्ट, यज्ञराज अवस्थी, बिशेश्वरप्रसाद ओझा, धनबहादुर शाही, तारा खाती, करन ताम्राकार, कृष्ण बहादुर बिष्ट, मीनबहादुर बोगटी, गणेशबहादुर सिंह, रमेश शाह, गणेश बुढाऐर, शान्ती भट्ट जोशी, ज्ञानेन्द्र जोशी, कलावती भट्टराई, बसन्ती ठकुराठी रहेकी छन् ।
काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ । बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन सरकारलाई सुझाव दिएको छ । स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका साथ नलिएकाले मंगलबारको अवस्था सिर्जना भएको परिषद्को ठहर छ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३)…
डडेल्धुरा : तलब खुवाउन समस्या परेको भन्दै नवदुर्गा गाउँपालिकाले ७५ जना करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि कुमार चौधरीले बताए । गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार गाउँपालिकाको आन्तरिक आय न्यून छ । राजस्व बाँडफाँड अन्तरगतको रकम संघिय सरकारले कटौती गरेपछि करारका कर्मचारीहरु लाई तलब खुवाउन समस्या परेको छ । वडा नं. १ का अध्यक्ष शेर साउदका अनुसार यसअघिका जनप्रतिनिधिले मापदण्ड विपरीत कर्मचारी भर्ना समेत गरेका थिए । आर्थिक अवस्था कमजोर संगै देशमा आर्थिक मन्दि बढेकाले करारका कर्मचारीहरुको म्याद थप नगरिएको हो…
काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए । ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए । नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै…
डडेल्धुरा : कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याकंन विवरण अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रदेशभर पहिलो भएको हो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायाका अनुसार देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सातौँ स्थानमा परेको छ । गत आर्थिक वर्षमा पाँचौ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय यसवर्ष भने सातौँ स्थानमा परेको हो ।
काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्याउन गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।
काठमाडौँ : पक्षघातका भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । आचार्यमा मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिए । तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत मङ्गलवार अछामको साँफेबगर पुगेका आचार्यको बुधवार बिहान पक्षघात भएको थियो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्जको कोहलपुर ल्याइएको थियो । आचार्यलाई सामान्य अवस्थामा फर्किने भने समय लाग्ने पौडेलले बताए ।
काठमाडौँ : मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ। बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
काठमाडौँ : सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । cabinet-17Download