डडेल्धुरा : कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याकंन विवरण अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रदेशभर पहिलो भएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायाका अनुसार देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सातौँ स्थानमा परेको छ ।
गत आर्थिक वर्षमा पाँचौ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय यसवर्ष भने सातौँ स्थानमा परेको हो ।
Facebook Comments Box