काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।
बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन सरकारलाई सुझाव दिएको छ ।
स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका साथ नलिएकाले मंगलबारको अवस्था सिर्जना भएको परिषद्को ठहर छ ।
उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ।