काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए ।महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : सत्ता साझेदार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९माओवादी०ले सशस्त्र द्वन्द्व सुरु गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने २०७९ माघ २९ मा निर्णय गरेको थियो। महामन्त्री थापाले आफ्नो पार्टी सामेल नभएको त्यतिवेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने बताएका हुन्। कात्तिक २ गते काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले यो सैद्धान्तिक विषय भएको जिकिर गरे। “यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ। हामी अघिल्लो सरकारमा थिएनौँ। यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने काँग्रेसले हामी गठबन्धनमा छौँ, यसलाई मान्छौँ…
काठमाडौं : सरकारले गाजाको एक अस्पतालमा भएको आक्रमणप्रति निन्दा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ नागरिकविरुद्धको आक्रमणबारे गम्भीर रहेको परराष्ट्रले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं । हामी शान्तिमा विश्वास गर्छौं । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौं ।’
झापा : कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताए । उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए । “काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भने, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी…
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा बिहान ११ : ०० बजेदेखि दिउँसो २ : ०० बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।
दाङ : संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनपछि पुनस् हत्या आरोपमा पक्राउ परेका छन् । गत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या हत्या आरोपमा पक्राउ परेका हुन् ।
काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले शुक्रबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गरेको छ । श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फ्र्याक्स भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा स्टेनोसिस पनि देखिएको बताएको छ । श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्न स्टेन्ट राखिएको अस्पतालले बताएको छ । श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनको अवस्था स्थिर र अन्य भाइटल्स समेत सामान्य रहेको अस्पतालले जनाएको छ । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ। बिशिस्ट व्यक्तिलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।
अछाम : साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्। नगरपालिकाका -१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्। नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन्। एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन्। नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए। उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ। मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैंमा आर्थिक सहयोग गर्नेछु। दसैं…
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। महाशाखाले बिहीबार साँझ या शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।…