Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेका थिए । मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए । “उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको…

Read More

काठमाडाैं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीको उच्च अधिकारीको टोली सोमबार साँझ दक्षिण कोरिया जाने भएका छन् । दक्षिण कोरिया सरकारको निमन्त्रणामा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, मिरा चाैधरी, प्रहरी नायव महानिरीक्षक विकास राज खनाल, फणिन्द्र वराल, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्री, नविन्द अर्याल जाने भएका हुन् । दक्षिण कोरीयामा दुई देशको सुरक्षा स्थिती र साइवर सम्बन्धी विषयमा छलफल हुने बुझिएको छ । भ्रमणमा गृहमन्त्रालयका अधिकारी र महानिरीक्षक कुँवरकी धर्मपत्नी लक्ष्मी कुँवर समेत प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

Read More

काठमाडौँ : नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका छन् । विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट नेपाली कांग्रेसका नेता समेत रहेका हरीबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना बिबरण बताउन नचाहे पनि पक्राउ गरिएकोबारे भने पुष्टि गरेको छ । महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो । तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए ।…

Read More

काठमाडौँ : मिनबहादुर गुरुङ रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र हरि फूयालको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको हो । अधिवक्ता विकास भट्टराईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गरी २०७२ सालमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले उनको माग बमोजिम आदेश जारी गरेको हो । अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेका थिए । समितिले सरकारले अनुदान दिएमा घरघरमा संविधान बाँड्न सकिन्छ…

Read More

धनगढीः कैलालीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरघाटबाट भन्सार छलीका अन्दाजी करिब १२ हजार मुल्य बराबरको रेडिमेड अचार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै, जोशीपुर गाउँपालिका–१ लक्करमन्डी चोकबाट अन्दाजी ४० हजार मुल्य बराबरका लेडिज चप्पल, जुत्ता लगायतका सामान आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

डडेल्धुरा: शनिबार रातिदेखिको अविरल वर्षाले पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। आइतबार साँझ राजमार्ग अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै पहिरो गएको हो। पहिरोले राजमार्ग अवरुद्ध भएको र प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसम नायकले जानकारी दिए। सुदूर पहाड र तराई जोड्ने राजमार्ग अवरुद्ध हुँदा भएर दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। 

Read More

धनगढी: धनगढीमा आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लायन्स/लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको एवं साइक्राटिक्स एसोसिएसन नेपाल र नेप्लिज योङ्ग ईन्टरप्रेनर फोरम कैलाली च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो। सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउद प्रमुख अतिथि थिए भने कैलाली प्रहरीका प्रहरी निरीक्षक लोकबहादुर कार्की विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोचिकित्सक डा.राम प्रसाद लामिछाने, डा. प्रभात सापकोटा, डा.साजन खड्का र मनोचिकित्सा परामर्शकर्ता सुशील चटौतले सहजीकरण गरेका थिए।

Read More

काठमाडौं : ड्यूटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई अहिले काठमाडौंको बुद्धनगर बस्दै आएका ३० वर्षीय राजकुमार घिसिङलाई प्रहरीले समातेको हो । हिजोराति तीब्र गतिमा स्कुटर चलाएका घिसिङलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शंखमुल सडकमा समातेको थियो । त्यसक्रममा उनले चेकजाँचमा खटिएका प्रहरीलाई अपशव्द प्रयोग गर्नुका साथै हातपातसमेत गरेको बताइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : धनगढी बाट बझाङ आउदैं गरेका दुई वटा बस एक आपसमा ठोक्किएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे हरिहर प्लाजा नजिकै आज आईतबार दिउँसो करीव २ बजे तिर खप्तड मालिका गाडी २८७१ नम्बर बसले डिलेक्स ३२३२ नम्बरको बस एक आपसमा ठोकिएका हुन् । दुई दिन यता भारी वर्षा भईरहेका कारण सिलिप खाएर एउँटा बसको अगाडीको भाग र अर्को बसको पछाडीको भाग एक आपसमा चिप्लीएर ठोक्कीदा सामान्य क्षति भएको हो । यात्रु र चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More