धनगढी: धनगढीमा आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लायन्स/लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको एवं साइक्राटिक्स एसोसिएसन नेपाल र नेप्लिज योङ्ग ईन्टरप्रेनर फोरम कैलाली च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो।
सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउद प्रमुख अतिथि थिए भने कैलाली प्रहरीका प्रहरी निरीक्षक लोकबहादुर कार्की विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोचिकित्सक डा.राम प्रसाद लामिछाने, डा. प्रभात सापकोटा, डा.साजन खड्का र मनोचिकित्सा परामर्शकर्ता सुशील चटौतले सहजीकरण गरेका थिए।
Facebook Comments Box