धनगढी : कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सशस्त्र प्रहरीले दशैं,तिहार र छठ पर्वलाई लक्षित गरेर सर्वसाधारणको सुरक्षाका लागि सीमानामा सहायता कक्ष स्थापना गरेको छ । सशस्त्रले मुलुकका विभिन्न १२२ स्थानमा हेल्प डेस्क तथा ३३ स्थानमा हेल्थ डेस्कको स्थापना गरेको हो । सशस्त्रका अनुसार भारततर्फको सीमावर्ती इलाकामा १२० सहायता कक्ष र ३० स्वास्थ्य कक्ष तथा चीनतर्फ दुई स्थानमा सहायता र तीन स्थानमा स्वास्थ्य कक्ष राखिएको छ । जसमा बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र वैद्यनाथ…
काठमाडौं: प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १८ जना थाइल्याण्डका नगारिक मारिएका छन्। शनिबार र आइतबारको हमलामा उनीहरुको हत्या गरिएको बताइएको छ। थाइल्याण्डको विदेश मन्त्रालयले यसअघि इजरालयमा भएको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको बताएको थियो। त्यहाँ रहेका हजारौं थाइ नागरिकलाई तत्काल उद्धार गरिने जानकारी दिइएको छ। मन्त्रालयकी प्रवक्ताले नौ जना घाइते भएको र ११ जनालाई आक्रमणकारीले बन्दी बनाएको उल्लेख गरेकी छन्। इजरायलको कृषि क्षेत्रमा झण्डै ३० हजार थाइ नागरिक काम गर्दै आएका छन्। तीमध्ये तीन हजार जनाले आफूलाई स्वदेश फर्काइदिन अनुरोध गरिसकेका छन्।
धनगढी: बैतडीको निङ्लाशैनी भगवती मन्दिरका मुखियाको निधन भएको छ। आज (मंगलबार) दशरथचन्द नगरपालिका-२ चैसिर गाउँका ५८ वर्षीय मुखिया मानबहादुर बोहराको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार लामो समयदेखि कलेजोको बिरामी रहेका बोहराको उपचारका क्रममा निधन भएको हो। उनको आज दिउँसो काठमाडौंको एक अस्पतालमा निधन भएको बताइन्छ। बिरामी भएदेखि उनी काठमाडौंमै बसेर उपचार गराउदै आएका थिए।
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ । केही बिरामी उपचारपछि निको भइसकेका छन् । गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई…
धनगढी: नेपाल विद्यार्थी संघ (नेविसंघ) को धनगढी उपमहानगरपालिका समितिले युवा विद्यार्थीहरुलाई प्रशिक्षण दिलाएको छ। आज (मंगलबार) धनगढीको वडा नम्बर १९ मा विद्यार्थीलाई प्रशिक्षण दिइएको हो। पछिल्लो समय साइबर स्क्याम र साइबर अपराध बढिरहेकोले प्रशिक्षण दिइएको नेविसंघ धनगढी उपमहानगरका सभापति दिपेश बोहराले जानकारी दिए। उनका अनुसार पछिल्लो समय धनगढीसहितका क्षेत्रमा मोबाईल फोनबाट ठगी हुने, ह्याकिङ, ब्ल्याकमेलिङजस्ता घटना बढिरहेकाले प्रशिक्षण दिइएको हो। विद्यार्थीलाई साइबर स्क्यामबाट बच्न र मोबाईल फोनको दुरुपयोग नभएर सदुपयोग गर्न भन्दै प्रशिक्षण दिएइको उनले बताए। फुलबारी माध्यमिक विद्यालयमा दिइएको उक्त प्रशिक्षणमा सो स्कुलका कक्षा ११ र १२ का डेढ सय विद्यार्थी सहभागी थिए। नेविसंघ धनगढीको समितिले आफ्नै लगानीमा आयोजना…
कञ्चनपुर: इजरायलमा भएको हमास समूहको आतंककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा १० नेपाली विद्यार्थी मारिएपछि मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टेनी हमास समूहको आक्रमणमा परेर नेपाली विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले भने, ‘यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’ उनका अनुसार…
बैतडी : बैतडीमा दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ । एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा पालिका हेर्न हम्मेहम्मे परिरहेका बेला बैतडीमा भने एकै व्यक्तिलाई दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो। बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुनाथ अवस्थीलाई सिगास गाउँपालिकाको जिम्मेवारी पनि थपिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार पत्राचार गरेर अवस्थीलाई सिगासको पनि जिम्मेवारी तोकेको हो। स्थानीय सरकार सञ्चाल ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम सिगासमा प्रमुख प्रशसकीय अधिकृत हाजिर नहुँदासम्म अवस्थीलाई कार्य सम्पादनका लागि जिम्मेवारी दिइएको मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख गरिएको छ। सिगासमा प्रमुख…
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ। सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जाेशी, अशाेककुमार चन्द,…
दार्चुला: चौलानी नदीमा बगेर दार्चुलाका एक बालक बेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइका ६ वर्षीय छोरा हेमान्सु दमाइ नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।