काठमाडौं: प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १८ जना थाइल्याण्डका नगारिक मारिएका छन्। शनिबार र आइतबारको हमलामा उनीहरुको हत्या गरिएको बताइएको छ।
थाइल्याण्डको विदेश मन्त्रालयले यसअघि इजरालयमा भएको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको बताएको थियो। त्यहाँ रहेका हजारौं थाइ नागरिकलाई तत्काल उद्धार गरिने जानकारी दिइएको छ।
मन्त्रालयकी प्रवक्ताले नौ जना घाइते भएको र ११ जनालाई आक्रमणकारीले बन्दी बनाएको उल्लेख गरेकी छन्। इजरायलको कृषि क्षेत्रमा झण्डै ३० हजार थाइ नागरिक काम गर्दै आएका छन्। तीमध्ये तीन हजार जनाले आफूलाई स्वदेश फर्काइदिन अनुरोध गरिसकेका छन्।
Facebook Comments Box