Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे । “राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ”, रक्षामन्त्री खड्काले भने । सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा…

Read More

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई आज (बिहीवार) चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट घाइते किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको टाउकोमा चोट लागेका कारण सिटीस्क्यान गर्नुपर्ने भएकाले डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। घाइते पुजाको अवस्था भने खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

Read More

बागलुङ : सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको रू डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ । नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत सङ्कलन बापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोलमार्फत…

Read More

भजनी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उनले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ”, मुख्यमन्त्री शाहले भने, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।” उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै…

Read More

काठमाडौं : नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ । आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे एयर फोर्स ट्रेक ९३६ मार्फत् अमेरिकी सेनाका १२ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । १२ दिनसम्म चल्ने ’एक्स ब्यालेन्स नेल २३–५५३०’ संयुक्त तालिममा सहभागी हुन नेपाल आएको अमेरिकी फौजले हातहतियार, एम्युनिसन र बन्दोबस्तीका सामान पनि साथमा ल्याएको छ । विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायतालगायत विषयमा काठमाडौंमा हुने संयुक्त अभ्यासमा नेपाली सेनाका ३०…

Read More

काठमाडौं: लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको ‘इन्टेग्रीटी आइकन नेपाल–२०१९’ अवार्ड रद्द गरिएको छ । ‘अकाउण्टबिलिटी ल्याब नेपाल’ले अवार्ड रद्द गरेको हो । आज विज्ञप्ति जारी गर्दै ल्याबले उनको अनैतिक क्रियाकलाप सार्वजनिक भएपछि हिजो २४ घण्टे स्पष्टीकरण सोधिएको जनाएको छ । आफ्नो विषयमा सार्वजनिक भएका घटनाको जिम्मा लिने र संस्थाले गरेको निर्णय मान्य हुने उनको जवाफपछि ल्याब अवार्ड रद्द गर्ने निर्णयमा पुगेको हो । ‘उक्त सम्बन्धमा आफ्नो रायसहितको जवाफ पठाउन भनि उपलब्ध माध्यमहरु (इमेल, मेसेन्जर, ह्वाट्सएप, फोन मेसेज, भाइबर) बाट पत्र पठाइएको थियो । जवाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी…

Read More

काठमाडौंः एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलले आश्रमकी गण्डकी प्रदेश संयोजक मुना लामालाई आर्थिक सहायतास्वरुप पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइएको छ। खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए। उनले यस्ता निस्वार्थ भावनाले मन छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थासँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। आश्रमकी गण्डकी प्रदेश संयोजक लामाले बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसबाट आश्रित सम्पूर्ण मानवहरुलाई अझ सुलभ सेवा लाभ हुने बताइन्। स्थापनाकालदेखि नै…

Read More

धनगढीः कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटउपर आज सुनुवाई गर्दै परमादेश जारी गरेको हो। न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश दिएको हो। भर्खरै पदमुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्यको समेत मत लिएपछि उक्त कदम असंवैधानिक रहेको जिकिर लिएर एमाले नेता कार्की अदालत पुगेका थिए।

Read More

कैलालीः कैलालीको धनगढीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकपछि समिति उपसचिव शिवदत्त बरालले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिन तीन हप्तादेखि बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ ।

Read More

महोत्तरी: बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँचरछ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ । ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा।किशोर अधिकारीले जानकारी दिए । एक्कासी उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ । यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए…

Read More