धनगढीः बझाङका गोरे धामी चरेससहित कैलालीबाट पक्राउ परेका छन्।
बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय धामी बिहीवार राति पक्राउ परेका हुन्। उनको साथबाट ३ किलो ५ सय ग्राम चरेस भेटिएको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ।
धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेस फेला पारी नियन्त्रणमा लिइएको छ।
Facebook Comments Box