बैतडी: चाडपर्वलाई लक्षित गरेर बैतडीका पाँच स्थानमा यात्रु सहायता कक्ष र एक ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। दसैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष र नागरक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
जिल्लाको खोड्पे, पाटन, सतबाँझ, गोकुलेश्वर र गोठलापानीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ भने सीमा नाका झुलाघाटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक खत्रीले बताए। तोकिएको भाडा भन्दा बढी लिन नदिने, क्षमताभन्दा बढी यात्रुहरु बोक्न नदिने र समस्यामा परेका यात्रुहरुलाई गन्तव्य सम्म पुगाउने कार्य यात्रु सहायता कक्षबाट गरिने प्रहरी निरीक्षक खत्रीले बताए ।
यस्तै सीमा नाका झुलाघाटमा स्वदेश फर्कने नागरिकलाई कुनै समस्या नहोसे भन्नका लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको उनले बताए।