कैलाली: कैलालीमा रहेको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ। अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो।
यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ् चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी आउने बित्तिकै सेवा सुचारु हुने उनले बताए।
डा. जोशीले अहिले अस्पताल १०० शय्याबाट सुरु गर्ने र पुर्वाधार सम्पन्न हुँदै तथा भवन हस्तान्तरण हुदै जाँदा लक्ष्य अनुरुप ३ सय तथा ६ सय शय्यासम्म बिस्तार गरिने बताए।