धनगढीः डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि पन्सेरामा थन्किएको छ। मर्मत सम्भारको अभावमा सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स थन्किएको हो। एकै ठाउँमा लामो समय राखिएका कारण टायरलगायत अन्य पाटपुर्जा बिग्रिसकेका छन्। बिग्रिएको एम्बुलेन्सको मर्मत नगर्दा बिरामीले सेवा पाउन सकेका छैनन। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिकमा डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’ को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो। केही वर्ष एम्बुलेन्स राम्रैसँग चलेको थियो। एम्बुलेन्सबाट बिरामीले सेवा पनि पाए। तर, बिग्रिएपछि गाउँपालिकाले मर्मतमा चासो नदिदा थन्किएको एक स्थानीयले बताए। एम्बुलेन्स अभावमा बिरामी भने सास्ती खेप्न बाध्य छन्। एम्बुलेन्स सञ्चालनमा ल्याउन पालिकाले कुनै चासो नदिएको स्थानीयको…
Author: Mahendranagar Editor
धनगढी- सुदूरपश्चिममा चैत ८ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयले आगामी चैत ८ गते निर्वाचनको मिति तोकेको हो। विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचनको मिति तोकिएको जानकारी दिए। तोकिएको मितिमै निर्वाचन गराउन तयारी थालिएको पनि उनले बताए।
धनगढीः डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रतिबद्धता जनाएका छन् । कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशम चौधरीलाई रिहा गर्न पहल गर्ने बताएका हुन् । रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् । टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ । म त्यसको लागि लागिपरेको छु ।’ पुस…